Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

पुरानै एजेन्डामा मत माग्दै घरदैलोमा उम्मेदवार

खबरडबली संवाददाता

बेदकोट । प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । “नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन”, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भन्नुभयो, “अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहो¥याइरहेका छन् ।”

तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापना, लालपुर्जा वितरण, नदी कटान तथा डुबानको समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य सेवा विस्तारलगायत मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ । तर अहिलेसम्म उक्त समस्या हल नहुँदा मतदातामा निराशा छ । “चुनावको बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्ने आश्वासन दिन्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्”, कृष्णपुर नगरपालिका–१ का हरिभान भट्टले भने, “नेताहरूले हामीलाई भोट बैंकका रुपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन ।”

वाम–लोकतान्त्रिक कांग्रेसका उम्मेदवार एनपी साउद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताको छन् । विसं २०७४ मा एमालेमाओवादी गठबन्धन हुँदा धामीसँग पराजित हुनुभएका साउद अहिले बदला लिने दाउमा छन् । एमालेका धामी २०७४ को जितको विरासत जोगाउने रणनीतिका साथ चुनावी मैदानमा छन् ।

कञ्चनपुर क्षेत्र नं २ मा मुक्तकमैया, मुक्त हलिया र आरक्ष विस्थापितसँगै भूमिहीन र सुकुम्वासी बढी भएको क्षेत्रका रुपमा छ । यही कारण उम्मेदवारहरूले चुनाव जित्नका लागि विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेका व्यवस्थापनको मुद्दा उठान गर्ने गरेको बेदकोटका स्थानीय टेक सार्की बताउछन्  । “वर्षांैदेखि लालपुर्जा दिन्छौँ भनेका छन्, तर हामीले लालपुर्जा कहिले पाउने? हरेक चुनावमा लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएर नेताहरूले चुनाव जित्छन्”, उनले भने, “नदीको कटान र बाढीको समस्या पनि उस्तै छ ।”

उम्मेदवारहरू महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णता दिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा सडक निर्माण गर्ने, दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलगायत मुद्दाहरू अघि सारेर मतदाता रिझाउनमा व्यस्त छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending