Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

खबरडबली संवाददाता

पोखरा  । पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने संकटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । 

पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षणसम्बन्धी गोष्ठीमा बगाले बगेडी चरासम्बन्धी अनुसन्धानकर्ता अनिषा राणाले साइबेरियन क्षेत्रबाट जाडो छल्न नेपाल आउने उक्त प्रजातिको चरा विश्वव्यापी तथा  राष्ट्रियस्तरमै अत्यन्त न्यून सङ्ख्यामा रहेको जानकारी दिए । 

कात्तिक महिनाको अन्त्यमा नेपाल आउने आगन्तुक बगाले बगेडी चरा छ महिना नेपालमै बसेर जेठ महिनामा साइबेरियातर्फ नै फर्किने गर्छन् । पोखराका केही तालको सिमसार क्षेत्रमा यिनीहरूको वासस्थान रहने गरेको छ ।  

अनुसन्धानकर्ता राणाले भने, “सर्वेक्षण गरेअनुसार औसतरूपमा पोखराको फेवा तालमा दुई सय ३० वटा, गुँदे तालमा १२ वटा र खाष्टे तालमा १३ वटा बगाले बगेडी भेटिएको छ । अन्य छ वटा तालमा यो चरा भेटिएको छैन । सिमसार क्षेत्र, कृषि भूमि र घाँसे मैदानमा उक्त चराको वासस्थान रहने गर्छ । 

बगाले बगेडी चरा भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी अर्का अनुसन्धानकर्ता अमृत पौडेलले दिए । उनका अनुसार यो औसत तौल २२ ग्राम र लम्बाइ १४ देखि १६ सेन्टिमिटर भएको सानो चरा हो । जाडो मौसममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । यसको औसत आयु सात वर्ष रहेको छ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । 

बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको जानकारी पौडेलले दिए । उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय पोखराका वन अधिकृत शालिग्राम पराजुलीले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिँदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पार्ने गरेको बताए । “वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, पराजुलीले भने । 

उक्त अवसरमा बगाले बगेडी चरा संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै  नेपालमा आठ सय ८६ प्रजातिका चरा अभिलेखीकरण भएको र विश्वमा ११ हजार दुई सय २५ प्रजातिका पक्षी हेको जानकारी दिइएको  थियो । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पन्छीलाई संरक्षित पन्छी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पन्छी हो ।

ग्रीष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका चरा जाडो छल्न नेपाल आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउनुका साथै ७९ प्रजातिका चरा भने फिरन्तेका रूपमा देखिने गरेका छन् । सन् २००४ देखि २०१७ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिइएको छ । 

पोखरामा नौ वटा ताल भए पनि यहाँ चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै जाने गरेको जानकारी पोखरा महानगरपालिकाका वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले दिए । 

सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै त्यस्तो चराको संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचो देखिएको गुँदे ताल संरक्षण समितिका अध्यक्ष वामदेव  ढुङ्गानाले बताए । बेगनासताल संरक्षण समितिका प्रतिनिधि कृष्ण ढुङ्गानाले स्थानीयस्तरमा ताल वरपरका बासिन्दालाई पक्षी मैत्री वातावरण सृजना गर्न जनतेतनामूलक कार्यक्रम दिनुपर्नेमा जोड दिए । 

नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेलले वातावरण र जैविक विविधताका बारेमा राजनीतिक दलका नेतालाई जानकारी गराई नीतिगत रूपमै सिमसार क्षेत्रको महत्त्वको बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी दामोदरभक्त थापाले पर्यापर्यटनमा चराको ठूलो महत्त्व हुने भएकाले उनीहरूको वासस्थान जोगाई राख्न र हरेक वर्ष ती चरा नेपालमा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । विकाससँगै विनाश पनि आएकाले सिमसार क्षेत्र मासिँदै गएको भनाइ उनको छ । 

पोखराका नौ वटै ताल फेवा, बेगनास, रुपा, खाष्टे, न्यूरेनी, मैदी, गुँदे, दिपाङ र कमल ताल चराका लागि संरक्षित स्थान भएकाले ती तालको वातावरण बिगार्ने काम मानवबाट हुन नहुने भनाई फेवा ताल संरक्षण समितिका भरतराज तिवारीको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending