Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

माओवादी एजेण्डा : समानुपातिक समावेशी निर्वाचन प्रणाली किन आवश्यक ?

खबरडबली संवाददाता

जनयुद्धले नै मजदुर, किसान, महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु लगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार रक्षा एबं राज्यको सबै निकायमा उनीहरुको प्रतिनिधित्व सम्भव भएको हो ।

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो दलको सरकार बनेपछि के-के गर्ने भन्ने प्रतिबद्धता पत्र सबै दलले सार्वजनिक गरिसकेका छन्। राजनीति धन र बलको आधारमा नभई सिद्धान्त र देश र जनहितमा हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो माओवादी ।

माओवादीले आफ्नो प्रतिबद्धता पत्रमा अहिलेको निर्वाचन प्रणाली एकदम खर्चिलो हुँदा देशमा भ्रष्ट्राचार बढेको र विकास निर्माणमा गरिएको राज्यको लगानी प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै राज्यको समग्र बिकास र सुशासनका लागि पूर्ण समानुपातिक समाबेशी निर्वाचन प्रणाली आबस्यक रहेको बताएको छ ।

पूर्ण समानुपातिक समाबेशी निर्वाचन प्रणालीको वकालत गर्दै माओवादीले देश बिकास अहिलेको अबस्थामा पूर्ण सम्भव नरहेको बताएको छ । 

माओवादीले  नेपालले अवलम्बन गरिरहेको अहिलेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भ्रष्टचारको कारण भएकाले यसले जनतामा राजनीति, राजनीतिक दल र नेतृत्वप्रति चरम वितृष्णा सिर्जना भएको ठहर गर्दै पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीको वकालत गरेको हो ।

माओबादीले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणालीबारे आफ्नो चार बुँदे धारणा प्रतिबद्धता पत्रमा सार्वजनिक गर्दै निर्वाचन प्रणाली लोकतन्त्रको आधार स्तम्भ भएको बताएको छ।

माओवादीले भनेको छ –“आवधिक निर्वाचन मार्फत जनताले सार्वभौम अधिकारको प्रयोग गर्दछन् र मुलुकको शासनलाई वैधानिकता प्रदान गर्दछन्। तर यो अवस्थाको अन्त्य गर्न विद्यमान निर्वाचन प्रणालीमा संशोधन गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली अवलम्बन गर्न आबस्यक छ’’ ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले सङ्घ र प्रदेशहरूमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरि प्रतिगमनको खतरा कायम रहन नदिने बिश्वास माओवादीले लिएको छ ।

माओबादीले यथास्थितिमा देशलाई राखिराख्ने वा विकास एवम् समृद्धिको दिशामा फड्को मार्ने फैसला अबको निर्वाचन मार्फत जनमतले गर्ने बिश्वास गरेको छ। आजको अबस्थामा संविधान र हालसम्म प्राप्त  उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित समृद्धिको लक्ष्य प्राप्तिमा फड्को मार्न र समाजवादको आधार तयार पार्न माओवादीबाट मात्र  सम्भव रहेको देखिन्छ । 

जनयुद्धले नै  मजदुर, किसान, महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु लगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार रक्षा एबं राज्यको सबै निकायमा उनीहरुको प्रतिनिधित्व सम्भव भएको हो । जुन संघर्षका क्रममा हजारौले  आफ्नो जीवन बलिदान गरेका छन् । 

राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरेर समृद्ध नेपाल बनाउन एवम् देश तथा जनताको आधारभूत समस्याहरू समाधान गर्दै आम जनसमुदायको नयाँ जीवनको आकाङ्क्षा पूरा गर्न अहिले देशले  माओवादी नेतृत्व खोजिरहेकाले समानुपातिक निर्वाचनमा समेत माओवादीलाई अत्यधिक मतदान गर्नआवश्यक छ। समृद्ध नेपालको सपना साकार पार्नको लागि आसन्न प्रतिनिधिसभा एवम् प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा समेत माओवादीलाइ मतदान गर्न आवश्यक छ।

एजेन्डाहरू – गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णयक भूमिका खेलेको तथ्य घामजतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिबासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवम् लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो ।

सङ्कीर्ण, एकलकाँटे, जड, इतिहासमुखी, शुद्धतावादी वा यथास्थितिवादी शक्तिहरूबाट होइन, उद्देश्य एवम् लक्ष्यमा दृढ तर तात्कालिक परिस्थितिको मागअनुसार गतिशील ढङ्गले अधि बढ्न सक्षम माओवादी केन्द्रद्वारा नै परिस्थितिमा आउने उतार–चढावको सामना गर्दै आजको कार्यभार पूरा गर्नेगरी नेतृत्व दिन सक्षम छ।

१. राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिने छ । 

२. प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जातीय जनसङ्ख्या (क्लस्टर) को आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिने छ । क्लस्टर भन्नाले खसआर्य, आदिवासी जनजाति  दलित, मधेशी–तराई समुदाय, थारु, मुस्लिम भन्ने बुझ्ने र सम्बन्धित क्लस्टरमा ३५ प्रतिशत महिला हुनेछ । मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने छ ।

३. राष्ट्रियसभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेका र अल्पसङ्ख्यक समुदाय समेतको प्रतिनिधित्व हुने गरी परिवर्तन गरिने छ ।  

४. सङ्घ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा नै तोकिनेछ । यसो गर्दा निर्वाचनमा उमेदवारी दर्तादेखि सबै तहको सरकार काम चलाउ हुने तर खालि नहुने व्यवस्था गरिने छ ।

धन, बल, विभेद र भ्रष्टाचारबाट मुक्त राजनीति !
पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली !!

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending