Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यूएईसँग नेपाल ८४ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौँ ।  यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई ८४ रनले पराजित गरेको छ । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनमात्र बनायो ।

ब्याटिङमा निकै कमजोर सुरुआत गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरे । उनका ओपनिङ जोडि आसिफ शेख १२ रनमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल दुई बलमा नकआउट भए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलिरहेका आयन खानले नेपाली ब्याटिङलाई भताभुङ्ग बनाइदिए ।  आसिफ र ज्ञानेन्द्रसहित रोहित पौडेलको पनि विकेट लिए ।  रोहितले १ रनमात्र जोड्न सके । डेब्यु गरिरहेका हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि अर्जुन र दीपेन्द्रले नेपाली इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । दीपेन्द्रले ८४ बल खेली ६ चौका प्रहार गरे ।

कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए । कुशललाई पनि आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे । करण केसी ३ रनमा आउट भए । गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको यूएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए ।

यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो । मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडेर यूएईलाई राम्रो सुरुआत दिलाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...

जलेको निजी निवास अवलोकन गर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...

प्रतिनिधिसभा निर्वाचन: फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...

इनरुवामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्...

नवलपुरको सीमा नाकामा आवागमन बन्द गरिने, मदिरा बिक्री–वितरणमा पूर्ण निषेध

मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल...

गुल्मीका नौ स्थानीय तहमा सार्वजनिक बिदा

गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार ...

मोरङमा दुई दिन नागरिकता वितरण नहुने

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...

मोरङमा दुई दिन नागरिकता वितरण नहुने

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...

१८ गते मध्यरातिदेखि निर्वाचन प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।   नेपाल सुनचाँदी व्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE