काठमाडौँ । यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई ८४ रनले पराजित गरेको छ । २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनमात्र बनायो ।
ब्याटिङमा निकै कमजोर सुरुआत गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरे । उनका ओपनिङ जोडि आसिफ शेख १२ रनमा आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल दुई बलमा नकआउट भए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलिरहेका आयन खानले नेपाली ब्याटिङलाई भताभुङ्ग बनाइदिए । आसिफ र ज्ञानेन्द्रसहित रोहित पौडेलको पनि विकेट लिए । रोहितले १ रनमात्र जोड्न सके । डेब्यु गरिरहेका हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि अर्जुन र दीपेन्द्रले नेपाली इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । दीपेन्द्रले ८४ बल खेली ६ चौका प्रहार गरे ।
कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए । कुशललाई पनि आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे । करण केसी ३ रनमा आउट भए । गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको यूएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए ।
यसअघि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको थियो । मोहम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभर भित्र ७५ रन जोडेर यूएईलाई राम्रो सुरुआत दिलाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: