काठमाडौ । चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् ।
वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, “मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन सक्छ । त्यसैले चिसोको समयमा मधुमेह भएकाले विशेष ध्यान पु¥याउनुपर्छ ।” उनका अनुसार पछिल्लो समय खानपान र तनावका कारण विदेशबाट फर्किने व्यक्तिहरूमा बढी मधुमेह देखिएको छ । पछिल्लो समय युवा उमेर समूहमा मधुमेहको समस्या बढेको उनको भनाइ छ ।
‘देशभर मधुमेह शिक्षा, भोलिको सुरक्षा’ भन्ने नारासहित आज मधुमेह दिवस मनाइएको छ । नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क सङ्कलन भएको छैन । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार मधुमेहबाट झण्डै पाँच लाख मानिस प्रभावित छन् । सन् २०३० सम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मधुमेहलाई सामान्य समस्या सोचेर हेलचेक्राइ नगर्न आग्रह गर्नुभयो । उहाँले सचेतपूर्वक मधुमेहको समस्यामा ध्यान दिए आयु लम्ब्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
मधुमेहले आँखा, मिर्गौला, मुटु र खुट्टामा असर पार्छ । मधुमेहबाट पक्षघातको जोखिम पनि उत्तिकै हुन्छ । परिवारमा नजिकको सदस्यलाई मधुमेह भएमा, गर्भावस्थामा मधुमेह देखिएमा, आवश्यकताभन्दा बढी तौल, उच्च रक्तचाप र धेरै शारीरिक परिश्रम गर्न नपर्ने जीवनशैली भएका व्यक्तिमा मधुमेहको बढी जोखिम हुने चिकित्सक बताउँछन् ।
मधुमेहका मुख्य लक्षण बढी प्यास लाग्नु, पिसाब बढी हुन थाल्नु, राति पिसाब फेर्न उठ्नुपर्ने, दुब्लाउनु, कमजोर अनुभव हुनु, शरीर चिलाउने, बढी भोक लाग्ने, छालामा धाउ खटिरा आउने, आखाँ कमजोर हुने र यौनक्रम घट्ने हुन्छ । यद्यपि सबै लक्षण एकैपटक देखिँदैन ।
गर्भावस्थाको मधुमेह९गेस्टेसनल डायविटिज मेलिटस० को जोखिम पनि धेरै हुन्छ । मधुमेहका बिरामीले खुट्टामा चोट पटक र घाउ लाग्न नदिन सचेत हुनु चिकित्सकको सुझाव छ । मधुमेहको धेरै प्रकारमध्ये टाइप दुई डायविटिज नेपालीमा धेरै देखिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: