Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

महोत्तरी–३ : उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ

खबरडबली संवाददाता

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान नजिकिँदैछ । जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसमेत सम्मिलित महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल र जनता समाजवादी पार्टी ९जसपा० नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसहित २१ प्रतिनिधिसभाका उम्मेदवार छन। 

संयोग नै भन्नुपर्छ, ठाकुर, लाल र यादवले विगतमा नेपाली कांग्रेसबाट राजनीति प्रारम्भ गरेको थिय । तत्कालीन पञ्चायतकालमै कांग्रेसमा आवद्ध रही प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो योगदान दिएका यी तीनै नेता २०६२/६३ को मधेस आन्दोलनपछि तत्कालीन तमलोपा र मधेसी जनअधिकार फोरममा आवद्ध भए। ठाकुर र लाल तमलोपामा र यादव तत्कालीन फोरमबाट नयाँ राजनीति यात्रा सुरु गरेको थिए। यादव विसं २०६४ को पहिलो संविधानसभामा जिल्लाको तत्कालीन क्षेत्र नं २ बाट निर्वाचित भएको थिए। २०७७ सालमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी र तमलोपा एकीकरण हुँदा तीनैजना एउटै दलमा आवद्ध हुन पुग्नुभयो । तर यो एकीकरण एक वर्ष नपुग्दै २०७८ मा पुनः विभाजन आएको थियो ।  २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टी गठबन्धनमा चुनाव लड्दा लाल र यादव अध्यक्ष ठाकुरका सहयोगी थिए। अहिले तिनै पूर्वसहयोद्धा र सहयोगी अध्यक्ष ठाकुरका यसपटकका मुख्य प्रतिष्पर्धीमा उत्रिएका छन् ।

“उम्मेदवार त २१ जना हुनुहुन्छ, सबै जनताकै बीच देखिनुहुन्छ”, जलेश्वरवासी मनोज झा भन्नुहुन्छ, “तर अहिलेसम्मको जनप्रतिक्रिया हेर्दा ठाकुर, यादव र लालको बढी चर्चा सुनिन्छ । ठाकुर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निकटतम् तत्कालीन वाम गठबन्धनका प्रतिष्पर्धीभन्दा झण्डै तेब्बर मत बढी पाएर प्रतिनिधिसभामा विजयी भएको थिए। खासमा अहिलेको आसन्न  निर्वाचन परिणाम जसको पक्षमा आए पनि क्षेत्रको चर्चा भने ठाकुरको उम्मेदवारीले बढाएको कुरा सामान्यतया यहाँ सबैले स्वीकार्छन् ।

यसपालि दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएका ठाकुरले २०७४ को निर्वाचनमा आफ्ना निकटका सहयोगी जसपा नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसँग कडा टक्कर लिनुपर्ने आकलन धेरैले गर्दछन् । २०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवारलाई करिब तेब्बर मतले पछि पार्दै विजयी हुनुभएका ठाकुर यसपालि भने आफ्ना यसअघिका सहयोगीसँगको प्रतिस्पर्धाले ढुक्क हुने स्थिति भने नरहेको कतिपयको अड्कल छ । ठाकुरका सहयोगी फेरिएका छन् ।  कांग्रेसले त २०७४ मा पनि उहाँको समर्थन गरेको थियो, त्यो यसपालि पनि सत्ता गठबन्धनमार्फत कायम छ । गठबन्धनमार्फत नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ठाकुरका नयाँ सहयोगी बनेका छन् ।

यसअघि २०७४ मा फराकिलो अन्तरको विजय, राष्ट्रिय व्यक्तित्व र सत्ता गठबन्धनका साथ ठाकुरको अहिलेको जितका लागि मुख्य आधार लोसपाका नेता–कार्यकर्ताले मान्दै आएका छन् । “उहाँ निष्कलङ्क छविका शीर्षनेता हुनुहुन्छ, जनताले साथ दिनेछन्”, मटिहानी–७ का चन्देश्वर साह भन्नुहुन्छ ।

निर्वाचन अभियानमा अहिले सघनरूपले मतदातासँगको भेटघाटमा रहनुभएका ठाकुर पनि आपूmप्रति २०७४ भन्दा बढी जनताको स्नेह पाएको बताउनुहुन्छ । “म, मेरो दल र हामी आवद्ध गठबन्धन निर्वाचन परिणामबारे संशयमा छैनाँै, जितप्रति ढुक्क छौँ”, उनले भने, “जनताको अपार समर्थन हामीसँग छ ।” महोत्तरीका जनताले संविधानको पुनर्लेखनको मुद्दा सम्बोधनका लागि पनि आपूmलाई साथ दिने ठाकुरको विश्वास छ ।

जसपाका केन्द्रीय सदस्य यादवलाई नेकपा ९एमाले० को साथ छ ।  एमाले–जसपा गठबन्धनका उम्मेदवार यादव अहिले दिनरात नभनी जनसम्पर्कमा हुनुहुन्छ । सञ्चारकर्मीसँगको कुराकानीमा यादवले आफ्नो दल र एमाले क्षेत्रका मुख्य जनआधार भएका पार्टी भएको हुँदा आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे । उनी भन्न्छन्, “अहिले जनताले लयबाट व्यक्त गर्दैछन्, हेर्नुहोला, मङ्सिर ४ गते मतबाट अभिव्यक्त हुनेछ ।”

यसैगरी तमलोपाका अध्यक्ष लाल पनि जनताको समर्थन पाइरहेको बताउन्छन् । क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार पनि सघनरूपले चुनावी अभियानमा जुटेका देखिन्छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा दलका अतिरिक्त १० जना स्वतन्त्र उम्मेदवार न्छन् ।

क्षेत्रमा निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि केही दिनमात्र बाँकी छँदा चुनावी प्रचार उत्कर्षमा देखिँदो छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब आजबाहेक दुई दिनमात्र बाँकी छँदा यहाँका बस्ती–बस्तीमा  दल र उम्मेदवारको सघन आउजाउ बढ्दो छ ।

क्षेत्रका बस्ती–बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् ।  दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती–बस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन् । प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१० र (२) मा क्रमशः सत्ता गठबन्धनबाट लोसपाकै अभिराम शर्मा र रानी शर्मा तिवारी उम्मेदवार हुनुहुन्छ ।  एमाले जसपा गठबन्धनबाट भने ९१० बाट जसपाका दीपेन्द्र झा र (२) बाट एमालेका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा क्षेत्र (१) मा एक महिलासहित १२ उम्मेदवार छन् । जसमा आठ स्वतन्त्र हुन् । त्यसैगरी प्रदेशसभा क्षेत्र ९२० मा २६ जना उम्मेदवार छन् । जसमा एक महिला हुनुहुन्छ ।  स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।

यसपटक महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार नौ सय ३० मतदाता कायम छन् । महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रभित्र ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत सेनले जानकारी दिनुभयो । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी ९जनशक्ति० नियुक्ती गरी तालिम दिएर सम्बन्धित मतदान केन्द्र खटाइ पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE