Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

ललितपुर २ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

खबरडबली संवाददाता

काठमाडौ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन। 

विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराखेको छन्। प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कृष्णलाल र प्रेमबहादुरबाहेक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनले उम्मेदवारी दिएको छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट सुरोज अवाले, नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादीबाट लक्ष्मण शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट राजवीर डङ्गोल उम्मेदवार छन। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुबरराज थापा, जनसमाजवादी पार्टी नेपालबाट शिव पौडेल, नेपाल सुशासन पार्टी नेपालबाट जयबहादुर खत्री, सङ्घीय लोकतान्त्रिक मञ्चबाट भुवान सिं लिम्बू, एकीकृत शक्ति नेपाल पार्टीबाट सुरेश महर्जन र हाम्रो नेपाल पार्टीबाट सुदिन शाक्यले उम्मेदवारी दिएको छन्। 

त्यस्तै राजनीतिक दलबाहेक राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे ९श्रेष्ठ०, दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जीव चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको छन् ।

ललितपुर महानगरपालिका( ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौवटा वडा, महालक्ष्मी नगरपालिकाको पूरै भागको १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ८१ हजार आठ सय ९७ मतदाता छन् । जसअनुसार  ३९ हजार सात सय ४१ पुरुष, ४२ हजार एक सय ५६ महिला मतदाता छन् । 

यसअघि दुई कार्यकाल सांसद भइसक्नु भएका कृष्णलालसँग प्रतिस्पर्धामा रहएका प्रेमबहादुर पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएको छन् । २०५६ सालमा नेपाली कांग्रेसका उम्मेदवार जगतराज शाक्यलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका कृष्णलालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी जित हासिल गर्ने सफलता प्राप्त गरे । २०७४ मा कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गरेको थिय । 

विसं २०५६ र २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार हुनुभएका कृष्णलाल यसपटक भने नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवार छन। विगतका चुनावमा आफूलाई सहयोग गरेर चुनाव जिताउन भूमिका खेलेका राजनीतिक तथा सामाजिक क्षेत्रका सहकर्मी प्रेमबहादुर अहिले उनकै प्रतिस्पर्धी छन। 

क्षेत्र नम्बर २ को सहरी क्षेत्रमा नेवारी समूदाय, त्यसमा पनि महर्जन, डङ्गोलहरुको बाहुल्यता छ । महर्जन, डङ्गोलहरुको जातीय समाज ज्यापू समाजमा कृष्णलाल मानार्थ सदस्य हुनुहुन्छ भने प्रेमबहादुर पूर्वाध्यक्ष छन। यस क्षेत्रका अधिकांश मतदाताहरु रहेको ज्यापू समाजभित्र दुवैको प्रभाव राम्रै छ । यस क्षेत्रमा कसलाई चुनाव जिताउने भन्नेमा यो समाजको पनि धेरै भूमिका रहन्छ ।

अघिल्लो पटक एमालेमा हुँदा तत्कालीन समयमा गठबन्धनमा रहेको नेकपा माओवादी यसपटक कांग्रेस, एकीकृत समाजवादीसहितको पाँचदलीय गठबन्धनमा आबद्ध छ । 

कृष्णलालले आफू सांसद हुँदा गरेका काम र यहाँको संस्कृति र सम्पदा संरक्षणमा आफूले पु¥याएको योगदान नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मान्नु भएको छ । 

“म आफू सांसद हुँदा यहाँको संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण काम गरेको छु । मतदातासामू लाजले शिर झुकाउनुपर्ने कुनै पनि काम गरेको छैन, अब पनि यस क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक विकासमा लागिपर्नेछु , यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, कृष्णलालले भने। 

उता प्रेमबहादुरले एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको दाबी गर्दै विगतमा पार्टी, ज्यापू समाज र सामाजिक संङ्घसंस्थामा बसेर गरेको काम नै आफ्नो जितको आधार भएको दाबी गरिरहनुभएको छ । 

“मैले राजनीतिमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेको छु”, उहाँले भन्नुभयो, “यस क्षेत्रका नागरिकहरुको जीवनशैली परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु, यही आधारमा मलाई यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिनेछन् ।” 

गत स्थानीय चुनावमा यस क्षेत्रका कूल १९ वटा वडामध्ये ललितपुर महानगरका ६ र महालक्ष्मीका तीनवटा गरी नौवटा वडामा कांग्रेसले, एकवटा वडामा माओवादी केन्द्रले र महानगरका तीनवटा र महालक्ष्मीका ६ वटा वडा गरी नौवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गर्नुभएको छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीले यो क्षेत्रमा पाएको मत जोड्दा ३० हजार दुई सय ६५ मत हुन्छ । एमालेले कसैसँग पनि तालमेल नगरेकाले उसँग १६ हजार दुई सय ३७ मत छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE