Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ललितपुर २ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

खबरडबली संवाददाता

काठमाडौ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन। 

विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराखेको छन्। प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कृष्णलाल र प्रेमबहादुरबाहेक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनले उम्मेदवारी दिएको छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट सुरोज अवाले, नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादीबाट लक्ष्मण शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट राजवीर डङ्गोल उम्मेदवार छन। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुबरराज थापा, जनसमाजवादी पार्टी नेपालबाट शिव पौडेल, नेपाल सुशासन पार्टी नेपालबाट जयबहादुर खत्री, सङ्घीय लोकतान्त्रिक मञ्चबाट भुवान सिं लिम्बू, एकीकृत शक्ति नेपाल पार्टीबाट सुरेश महर्जन र हाम्रो नेपाल पार्टीबाट सुदिन शाक्यले उम्मेदवारी दिएको छन्। 

त्यस्तै राजनीतिक दलबाहेक राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे ९श्रेष्ठ०, दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जीव चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको छन् ।

ललितपुर महानगरपालिका( ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौवटा वडा, महालक्ष्मी नगरपालिकाको पूरै भागको १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ८१ हजार आठ सय ९७ मतदाता छन् । जसअनुसार  ३९ हजार सात सय ४१ पुरुष, ४२ हजार एक सय ५६ महिला मतदाता छन् । 

यसअघि दुई कार्यकाल सांसद भइसक्नु भएका कृष्णलालसँग प्रतिस्पर्धामा रहएका प्रेमबहादुर पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएको छन् । २०५६ सालमा नेपाली कांग्रेसका उम्मेदवार जगतराज शाक्यलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका कृष्णलालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी जित हासिल गर्ने सफलता प्राप्त गरे । २०७४ मा कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गरेको थिय । 

विसं २०५६ र २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार हुनुभएका कृष्णलाल यसपटक भने नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवार छन। विगतका चुनावमा आफूलाई सहयोग गरेर चुनाव जिताउन भूमिका खेलेका राजनीतिक तथा सामाजिक क्षेत्रका सहकर्मी प्रेमबहादुर अहिले उनकै प्रतिस्पर्धी छन। 

क्षेत्र नम्बर २ को सहरी क्षेत्रमा नेवारी समूदाय, त्यसमा पनि महर्जन, डङ्गोलहरुको बाहुल्यता छ । महर्जन, डङ्गोलहरुको जातीय समाज ज्यापू समाजमा कृष्णलाल मानार्थ सदस्य हुनुहुन्छ भने प्रेमबहादुर पूर्वाध्यक्ष छन। यस क्षेत्रका अधिकांश मतदाताहरु रहेको ज्यापू समाजभित्र दुवैको प्रभाव राम्रै छ । यस क्षेत्रमा कसलाई चुनाव जिताउने भन्नेमा यो समाजको पनि धेरै भूमिका रहन्छ ।

अघिल्लो पटक एमालेमा हुँदा तत्कालीन समयमा गठबन्धनमा रहेको नेकपा माओवादी यसपटक कांग्रेस, एकीकृत समाजवादीसहितको पाँचदलीय गठबन्धनमा आबद्ध छ । 

कृष्णलालले आफू सांसद हुँदा गरेका काम र यहाँको संस्कृति र सम्पदा संरक्षणमा आफूले पु¥याएको योगदान नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मान्नु भएको छ । 

“म आफू सांसद हुँदा यहाँको संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण काम गरेको छु । मतदातासामू लाजले शिर झुकाउनुपर्ने कुनै पनि काम गरेको छैन, अब पनि यस क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक विकासमा लागिपर्नेछु , यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, कृष्णलालले भने। 

उता प्रेमबहादुरले एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको दाबी गर्दै विगतमा पार्टी, ज्यापू समाज र सामाजिक संङ्घसंस्थामा बसेर गरेको काम नै आफ्नो जितको आधार भएको दाबी गरिरहनुभएको छ । 

“मैले राजनीतिमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेको छु”, उहाँले भन्नुभयो, “यस क्षेत्रका नागरिकहरुको जीवनशैली परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु, यही आधारमा मलाई यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिनेछन् ।” 

गत स्थानीय चुनावमा यस क्षेत्रका कूल १९ वटा वडामध्ये ललितपुर महानगरका ६ र महालक्ष्मीका तीनवटा गरी नौवटा वडामा कांग्रेसले, एकवटा वडामा माओवादी केन्द्रले र महानगरका तीनवटा र महालक्ष्मीका ६ वटा वडा गरी नौवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गर्नुभएको छ । यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीले यो क्षेत्रमा पाएको मत जोड्दा ३० हजार दुई सय ६५ मत हुन्छ । एमालेले कसैसँग पनि तालमेल नगरेकाले उसँग १६ हजार दुई सय ३७ मत छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending