Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लमजुङको चुनावी विश्लेषण - देवलाई ढुक्क, पृथ्वीसुब्बा कमजोर

खबरडबली संवाददाता

काठमाडौं । वाम-लोकतान्त्रिक गठबन्धनबाट लमजुङका प्रतिनिधि सभा उमेदवार देवप्रसाद गुरुङ समकालीन राष्ट्रिय ब्यक्तित्व हुन्। उनी माओवादी केन्द्रका महासचिव हुन्। उनका प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरुङ भने एमालेका उपमहासचिव हुन्।

संयोग कस्तो छ भने उनै पृथ्वीको समर्थनमा ०७४ मा लमजुङबाट जितेका देवप्रसाद पृथ्वीको आफै संघीय चुनाव लड्ने अनिच्छाका बाबजुद अहिले चुनावी आमने–सामनेमा छन्। 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी प्रदेश सभामा एमालेले बहुमत ल्याए पनि, नल्याए पनि लमजुङको प्रदेश तहबाटै उमेदवार हुन चाहन्थे। भोलिको समीकरणले आफूलाई फेरि मुख्यमन्त्रीमा अनुमोदन गर्ने बिश्वास उनमा थियो।

प्रदेशमा पृथ्वी जित्थे कि हार्थे, जितेमा उनी नै मुख्यमन्त्री बन्ने ‘पोजिसन’ एमालेको आउँथ्यो कि आउँदैनथ्यो वा बहुमत नआए पनि समीकरणमा उनी नै हावी हुन्थे कि हुदैनथे– ती पृथ्वीकै सोचका कुरा हुन्। तर, पृथ्वीका ती सोचलाई एमाले अध्यक्ष केपी ओलीले जानाजान र योजनाबद्ध समाप्त गरिदिए।

राजनीतिमा ओलीले सकारात्मक भन्दा बढी नकारात्मक उत्तोलकको भूमिका खेलेका छन्। तर, उनका नकारात्मकताहरूले प्रतिपक्षीलाई नै फाइदा दिएका छन्। कसरी भने लमजुङको यथार्थमा, ओलीले पृथ्वीको कुरा सुनिदिएनन्। 

पूर्व मुख्यमन्त्रीका रूपमा प्रदेशमा जित्ने संभावनाका पृथ्वीलाई उनले हेभिवेट माओवादी केन्द्रका महासचिव देव गुरुङबिरुद्ध प्रतिनिधि सभामा खडा गरिदिए भने आफ्ना सधैंका एसम्यान जमिन्द्रमान घलेलाई प्रदेशमा खडा गरिदिए। 

फलतः पृथ्वी र जमिन्द्र दुबै हारको सन्निकट बनेका छन् भने गठबन्धनका देवप्रसाद गुरुङ र दुबै प्रदेश उमेदवार जीतको सुनिश्चित पर्खाइमा छन् । स्थानीय चुनाव परिणाम अनुसार समेत लमजुङमा काँग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनकै बहुमत छ।

ओली समूह नछाडे पनि ओलीलाई नसुने जस्तो गरेर पृथ्वीले आम बौद्धिक एवं सचेत तहलाई अलिकति प्रभाव र भ्रममा पारेका थिए। संघीयता बिरोधी भावनाका ओलीले हिजो अशोक राईसँगै पृथ्वी लगायतलाई पार्टीबाट बहिर्गमित गर्न खोज्दा माधव–झलनाथकै जोडबलमा पृथ्वी एमालेमा टिकेका थिए। 

पोहोर पार्टी बिभाजन हुँदा पनि पार्टीले पेलेको, आफैंलाई पेलेको अनुभूति पृथ्वीलाई सर्बत्र भएको थियो। कयौं सन्दर्भमा ओलीलाई ड्यासिङ दिएर पनि, खै के बाध्यताले हो उनी रुझेको बिरालो झैं एमालेमै, ओली वरिपरि नै टाक्सिरहे। र, टाक्सिनुको चोट सायद यो चुनावमा भोग्दैछन्।

देव गुरुङ भने यस्ता आरोह–अवरोह भन्दा टाढा छन्। उनलाई जे लाग्छ, त्यही बोल्छन्। माक्र्सवादी, लेनिनवादी र माओवादी, राष्टिय स्वाधीनताका मूल्यका सतिसाल देवप्रसाद माओवादी केन्द्रभित्रका पनि एक बिद्रोहका संवाहक, सैद्धान्तिक एवं बैचारिक नेतृत्व हुन्। 

कहिलेकाही पार्टीले दायाँबायाँ गर्न खोज्दा हस्तक्षेप गर्न सक्ने हैसियत र क्षमताका ब्यक्तित्व हुन् उनी। न त पार्टी मान्यताका जननीतिका सन्दर्भमा उनीसँग कसैले सम्झौता गर्न सक्छ न राष्ट्रियता वा देशभक्तिका सन्दर्भमा। प्रचण्ड नेतृत्वसँग मोहन बैद्य, रामबहादुर थापामगर, विप्लवसहित भएर छुट्टिदा पनि उनले नेतृत्व कौशलता कहिल्यै गुमाएनन्। 

एक सोझो, नैतिक, इमान्दार, सहज, बौद्धिक तर कम्युनिष्ट मूल्य–बर्ग चेतनाको कुशल नेतृत्व गुण भएर नै उनी राजनीतिलाई बस्तुगत परख गर्ने क्षमता राख्छन्। आज उनी प्रचण्डको क्रान्तिकारी गतिशीलतामा एकाकार छन् भने मोहन बैद्य जस्ता सैद्धान्तिक नेताका कयौं मनोगत कमजोरी भए पनि सापेक्ष सम्मान गर्छन्। रामबहादुर थापा लगायतको वियोगान्त पतनलाई भने उनी सख्त घृणा गर्छन्।

माओवादी केन्द्रमा बर्षमान पुन र जनार्दन शर्माको रस्साकस्सी भएर तिनलाई सन्तुलन गर्न अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाए भन्ने भ्रम धेरैलाई छ। त्यो भने बिल्कुलै होइन। 

बर्षमान र जनार्दनका गुरु हुन् देव गुरुङ। आफ्नै बर्ग बौद्धिक क्षमताले स्थापित भएका नेता हुन्। अध्यक्ष प्रचण्डको नेतृत्वमा तर एक मूल्यशील बैचारिक धारको नेतृत्व हुन् उनी। रामबहादुर थापामगर, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतको पतनपछि माओवादी केन्द्रले नेतृत्वबारे नयाँ शिराबाट सोचेकै देखिन्छ। 

त्यसैले राष्ट्रिय ब्यक्तित्वका रुपमा, एक राजनीतिक, सैद्धान्तिक र जनन्यायिक बिकास नेतृत्वका रूपमा उनी लमजुङबाट स्वतः अनुमोदन हुनेछन्। उनको बोल्ड ब्यक्तित्वका अगाडि पृथ्वी सुब्बा गुरुङसहितका प्रतिद्वन्द्वीहरू चुरचुर भैसकेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending