Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुुँदै

खबरडबली संवाददाता

काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ। 

एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। 

विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ। 

६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्। जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन्।

यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन्।

फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ। 

उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन्। कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो। 

सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो। एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो। 

विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ। समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending