Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मी: पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक र बहुकोणीय बन्ने संकेत देखिएको छ।

क्षेत्र नं. २: ‘हेभिवेट’ उम्मेदवारहरू
निर्वाचन क्षेत्र नम्बर २ मा यस पटक पूर्वमन्त्रीहरूको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व कानुन मन्त्री ध्रुवबहादुर प्रधान  आफ्नो विरासत पुन जोगाउने दाउमा छन्। पूर्व प्रहरी महानिरीक्षक समेत रहनुभएका प्रधान यस क्षेत्रबाट २०७९ प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निवर्तमान सांसद छन्।

बागलुङ–२ बाट निर्वाचित हुँदै आउनुभएका पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक पश्चिम नवलपरासी–२ लाई आफ्नो नयाँ किल्ला बनाउने रणनीतिसहित नेपाली कम्युनिष्ट पार्टी उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन्।

पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरी विभिन्न मधेश केन्द्रित दल हुँदै हाल राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेको छन्। सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भीमबहादुर थापा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन्। नेकपा एमालेकबाट लेखनाथ खरेल उम्मेदवारीको छन्। ३१ वर्ष एमालेमा बिताएर बिचमा माओवादी पुगी पुन: एमालेमै फर्किएका खरेलका लागि यो निर्वाचन ‘अग्निपरीक्षा’ जस्तै बनेको छ। कांग्रेसको लामो राजनीति र रामग्राम नगरपालिकाको पूर्व प्रमुखको पहिचान बनाएका नरेन्द्रकुमार गुप्ता  यस पटक रास्वपाबाट चुनावी प्रतिस्पर्धामा छन्।

“क्षेत्र नं। २ मा पूर्व मन्त्रीहरूको उपस्थिति छ, जसले गर्दा यहाँको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। मतदाताहरू विकासका पक्षमा देखिएका छन्,’’ स्थानीय विश्लेषकहरू बताउँछन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पश्चिम नवलपरासीमा १२२ मतदान स्थल र ९७ मतदान केन्द्र तय गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथो...

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending