Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी

खबरडबली संवाददाता

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी भएको हो ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश–२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार आठ सय ३१ मत प्राप्त भएको छ ।  
 
क्षेत्र नं २

नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार छ सय २० मत बढी छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार दोस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत र तेस्रो स्थानमा रहनुभएका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गर्नुभयो । उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना १२ हजार एक सय १० मत ल्याएर विजयी हुनुभयो । ढुङ्गानाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको ११ हजार छ सय ६२ मत प्राप्त भएको छ । 

नुवाकोट–२ को प्रदेश–२ मा १७ हजार दुई सय ४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा ९तामाङ० विजयी भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा ९तामाङ०ले नौ हजार एक सय २४ मत प्राप्त गर्नुभएको छ । नुवाकोटमा रहेको कूल दुई लाख ३९ हजार सात सय २६ जना मतदातामध्ये क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८४ र क्षेत्र नं २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending