दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोपटक संसद् यात्रा तय गरेका हुन्।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार निर्वाचित ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका छन्। पराजित कांग्रेसका जोशीले १५ हजार ८३६ मत मात्रै पाए।
रास्वपाका राजेश सिंह सामन्त ८ हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरेका छन्। एमालेका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री ठगुन्नाले दार्चुलाबाट तेस्रो पटक संसद यात्रा तय गरेका छन्।
यसअघि ०७० र ०७४ को चुनाव जितेका ठगुन्ना ०७९ मा भने कांग्रेसका दीलेन्द्रप्रसाद बडुसँग हारेका थिए।
दार्चुलामा ठगुन्नाले २ पटक चुनाव हारेका छन्। ०७९ अघि ०६४ मा साविक माओवादीका लक्ष्मणदत्त जोशीसँग उनी पहिलोपटक पराजित भएका थिए।
१८ वर्षअघि जितेका साबिक माओवादीका जोशी यसपटक चौथो स्थानमा सीमित रहे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - ०८:५३
पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...
फाल्गुन २४ गते, २०८२ - ०८:२९
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...
फाल्गुन २४ गते, २०८२ - ०८:१४
दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...
फाल्गुन २४ गते, २०८२ - ०८:०९
सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...
फाल्गुन २४ गते, २०८२ - ०८:०६
भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...
फाल्गुन २४ गते, २०८२ - ०८:०४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...
फाल्गुन २४ गते, २०८२ - ०७:५८
सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्। पराजुलीले २४...
फाल्गुन २४ गते, २०८२ - ०७:५५
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...
फाल्गुन २४ गते, २०८२ - ०७:५०
काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...
फाल्गुन २४ गते, २०८२ - ०७:४६
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...



प्रतिकृया लेख्नुहोस्: