सप्तरी । चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक÷एक सिट जितेका छन ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २३ हजार चार सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेको छन्। कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएको थिए । तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार एक सय १३ मत प्राप्त गरी उनी विजयी भएको थिए । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएको थिए ।
क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उमेदवार दिनेशकुमार यादव २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत विजयी भएको छ । जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरे ।
जसपा अध्यक्ष यादवको भन्दा राउतले १८ हजार ६३ मत बढी ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार नवलकिशोर साह सप्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको छ । जसपाका साहले २३ हजार पाँच सय ६४ मत प्राप्त गरी निर्वाचित भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरे । सप्तरीमा आठवटा प्रदेशसभा सदस्य सिट रहेकोमा यसको पनि मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ को (१) मा एमालेका राजकुमार लेखी र (२) मा जनमतका सकिल मियाँ, प्रदेशसभा २ को (१) मा जनमतका सतिशकुमार सिंह र (२) मा जनमतकै महेशप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
यस्तै प्रदेशसभा ३ को (१)मा कांग्रेसका मोहम्मद समिम र (२) मा जनमतका शम्भुकुमार साह तथा प्रदेशसभा ४ को (१) मा एकीकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह निर्वाचित भएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नं १ मा एक लाख १३ हजर नौ सय ९५ मतदाता रहेकोमा ७४ हजार ५५३ मत खसेको थियो । सप्तरी क्षेत्र नं २ मा भने ९५ हजार तीन सय ९४ मध्ये ६४ हजार दुई ७७ मत खसेको छ र सप्तरी क्षेत्र नं ३ मा एक लाख चार हजार आठ सय ९२ मतदाता रहे पनि ७१ हजार तीन सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै सप्तरी क्षेत्र नं ४ मा भने एक लाख चार हजार आठ सय ९३ मतदाता रहेको भए पनि यस क्षेत्रमा ६९ हजार ३९ मत खसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: