सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आम निर्वाचन ०७९ को समीक्षा गरेको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले जुम्लामा गठबन्धन पूर्ण रुपमा असफल भएको बताइन् ।
माओवादीले कर्णालीमा प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
प्रदेशभरको प्रत्यक्ष तर्फको प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ क्षेत्रमा, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फबाट ३ क्षेत्रमा विजय हासिल गरेको छ ।
यसरी हेर्दा गठबन्धन सम्बद्ध दलहरूको तर्फबाट कर्णाली प्रदेशको प्रतिनिधिसभा तर्फको कूल ११ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फको कूल २४ निर्वाचन क्षेत्र मध्ये १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।
यस्तै दैलेख २ (ख) सुर्खेत २ (क), डोल्पा १(क) मुगु १ (क) मा गठबन्धन दल मित्रको आन्तरिक गडबडी र समस्याका कारण पराजित हुनु परेको उनको भनाई छ । केसीले भनिन, ‘विजय र पराजयको यथार्थ वस्तुनिष्ट समीक्षा हुने नै छ । संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गरिएको गठबन्धन केही सीमा समस्या र केही निर्वाचन क्षेत्रको पराजयको तीतो अनुभूतिको बीचमा पनि अन्य प्रदेशहरूको तुलनामा हाम्रो कर्णालीमा सापेक्षित रुपमा सफल भएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...




प्रतिकृया लेख्नुहोस्: