काठमाडौं । दार्चुला घटनामा चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न तयार भएको छ। बुधबार नेपाली प्रशासन र भारतीय प्रशसनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने भएको हो।
भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयका जिल्ला अधिकारी रीना जोशीले नेपाली प्रशसनसँग छलफल गर्ने भएकाले ‘आवश्यक सूचना’ सहित बैठकमा सहभागी हुन आफू मातहतका कार्यालयलाई पत्राचार गरिएको छ।
धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा नेपाली र भारतका स्थानीय प्रशासनसँग छलफल हुने छ। मंगलबार भारतीय अधिकारीले महाकाली नदीमा भइरहेको तटबन्ध निर्माणको कामको निरीक्षण गरेका थिए।
आइतबार महाकाली नदीको बहाव परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुलाका स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।
त्यस क्रममा चार जना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए।
भारतीय ज्यादतीका विरुद्ध नेपालीहरु दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए। त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराएका थिए।
सरकारले पनि कूटनीतिक नोट पठाएको थियो। त्यसपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: