Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

खबरडबली संवाददाता

काठमाडौ । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । 

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उहाँले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिनुभयो । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । 

 प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख  डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए । 

अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा  कूल लक्षित जनसङ्ख्यामध्ये ९९दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९दशमलव पाँच प्रतिशतले  पहिलो मात्रा र ७६दशमलव पाँच प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE