Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सरकार र संसद बीच समन्वय आवश्यक : अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएको छन् । १६औँ सङ्घीय संसद् दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । 
 
“सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ”, उनले भने, “भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।” अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकाङ्क्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताए। 
 
“संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढङ्गले चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय पुराना सांसद निर्वाचित हुनुभएको छ । कतिपयमा नयाँ ऊर्जा छ तर सिक्नुपर्ने अवस्था पनि छ, संसद्लाई प्रभावकारी बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” 
 
संसद् सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रुपमा लाग्नुपर्ने उनको भनाइ थियो । “संसद् सेवाको स्वायत्ततालाई कसरी अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने यी विषय सम्बोधन गर्न हामी लाग्नेछौँ”, उनले भने । 
 
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद् सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संसद् र समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन सबैको क्रियाशीलता आवश्यक रहेको बताए । 
 
सो अवसरमा उत्कृष्ट सेवा गर्ने संसद् सचिवालयका कर्मचारीलाई पुरस्कृत गरिएको थियो । रु एक लाख राशिको ‘सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार’ सचिवालयका उपसचिव सृजना बराल, रु ७५ हजार राशिको ‘उत्कृष्ट संसद् सेवा पुरस्कार’ शाखा अधिकृत बाबुराम बस्याल तथा जनही रु ५० हजार राशिको ‘संसद् सेवा पुरस्कार’ माली चन्द्रबहादुर नगरकोटी र खरिदार चन्द्रप्रसाद ढुङ्गानालाई प्रदान गरिएको थियो । 
 
यस्तै कार्यक्षमता मूल्याङ्कनमा उत्कृष्ट हुने कार्यालय सहयोगी सीता जिसी र रमेशराज गिरी, हलुका सवारी चालक मोहनकृष्ण नेपाली, माली हरिप्रसाद अधिकारी र कुचिकार विजय नेपालीलाई जनही रु पाँच÷पाँच हजारले पुरस्कृत गरिएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले सचिवालयले प्रकाशन गरेको ‘सङ्घीय संसद् सेवा’ स्मारिका विमोचन गरेको थीए । 
 
कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । सो अवसरमा दिवसका अवसर पारेर आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । संसद् सेवा दिवसका अवसर पारेर रक्तदान, हाजिरीजवाफ, चेस, फुटबल र कविता प्रतियोगिता गरिएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE