Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

तपाईं दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान, कारबाहीमा पर्नुहोला !

खबरडबली संवाददाता

भक्तपुर । तपाईं आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ रु भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका सवारीसाधनलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका सवारीसाधनलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताए। भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि नेपालसहित अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उनले बताए।

उनले भाडाका सवारीसाधन बायाँ साइडबाट मात्र चल्ने व्यवस्था कडाइका साथ लागू गर्ने, तोकिएको स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने, उच्च गतिलाई न्यूनीकरण गर्ने, लेन अनुशासन पालना गराउने, भाडाका सवारीसाधनमा भाडादर यात्रुले देख्ने गरी राख्ने, ज्येष्ठ नागरिक, अपाङ्गता, अशक्त, गर्भवतीलाई सवारी चढाउँदा र ओराल्दा विशेष सहजीकरण गरिदिने, आरक्षण सिटको पूर्ण पालना गराउने निर्णय गरिएको उहाँले बताए । 

प्रजिअ शर्माकाअनुसार चालक, सहचालकको बोली, व्यवहार, आचरण यात्रुमैत्री बनाउने, राजमार्ग तथा सडकपेटीमा थुपारिएका सामग्री तत्काल हटाउन लगाउने, जिल्लाभित्रका सडक निर्माण तथा मर्मतको काम सम्बन्धित कार्यालयले गर्ने, ट्राफिक नियम कडाइका साथ पालना गराउने, सडकको खाल्डाखुल्डी पुर्ने, चोक जक्सनमा ट्राफिक लाइट, सडक सङ्केत बोर्ड व्यवस्था गर्नेलगायतका निर्णय कार्यान्वयनमा ल्याइएको छ ।

भाडाका सवारीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णयलाई कडाइ गरिने बताउँदै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले अटेर गर्ने चालकलाई अब कारबाही गरिने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भक्तपुरमा गत साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक सय ६९ वटा सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको र १४ जना गम्भीर घाइते भएको जानकारी दिए। उनले भक्तपुर सडकमा मोटरसाइकल चालक र भाडाका सवारी चालकको लापरवाहीले दुर्घटना बढेको बताए ।

ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक अवदेश विष्टले सवारीसाधन दुर्घटनालाई न्यूनीकरणका लागि गरिएको निर्णय कडाइका साथ लागू गर्ने बताउँदै यातायात व्यवसायीमार्फत भाडाका सबै सवारी चालकलाई बायाँ लेनमात्रै प्रयोग गर्न गराउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई र भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दुर्घटना रोक्न चालिने कदमका लागि आवश्यक सामान र पूर्वाधारमा सहयोग गर्न नगरपालिकाहरू तयार रहेको बताउनुभएको थियो ।

नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेत, नेकपा ९एमाले०का सचिव मोहनवीर श्रेष्ठलगायतले सडकका पूर्वाधार, सडक चिह्न र सडकबत्तीको आवश्यकता रहेको औँल्याउनुभयो । सडकमा रहेको अव्यवस्थित पार्किङ दुर्घटनाको अर्को कारण भएको बताइएको थियो ।

अरनिको यातायातका पूर्वअध्यक्ष केदार क्षेत्री, काभ्रे यातायात, ख्वपः यातायात, मयुर यातायातलगायत यातायात प्रालिका प्रतिनिधिले दुर्घटनाको प्रमुख कारण तीव्रगतिका मोटरसाइकल भएको जिकिर गर्दै दुर्घटनापछि घाइते र मृतकका परिवारले रकममा बार्गेनिङ गर्ने गरेको बताउनुभयो ।

सडक आयोजनाका प्रमुख रवीन्द्रलाल दास, पूर्वाधार कार्यालयका प्रमुख भरत यादव, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीलगायतले बजेट कम हुँदा सडकमा आवश्यक पूर्वाधारको व्यवस्था गर्न नसकिएको बताउनुभयो । प्रत्येक १५ दिनमा निर्णय कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिन सडक अनुगमन गरिने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending