Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

खबरडबली संवाददाता

काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाइएको हो ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको परिपत्र २०७८ मा संशोधन गर्दै यसबारे जानकारी गराएको हो । गत असोजमा सरकारले निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५ लाई संशोधन गर्दै विभिन्न ३६ वस्तुमा अनुदान उपलब्ध गराउने व्यवस्था गरेको थियो । निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ ले विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ । त्यसमध्ये १८ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि (भ्यालु एड) ५० प्रतिशत र बाँकी १८ प्रकारका वस्तुमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।

मूल्य अभिवृद्धि (भ्यालु एड) ५० प्रतिशत हुनुपर्ने वस्तुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थका रुपमा प्रयोग भएका वस्तु) र काष्टकलाका वस्तु रहेका छन् । प्रशोधित छाला, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित तथा अर्धप्रशोधित जडिबुटी ९यार्सागुम्बासमेत०, प्रशोधित पत्थर तथा सारयुक्त तेल, अल्लोबाट उत्पादित सामान, प्रशोधित पिउने पानी, प्रशोधित तथा अर्ध प्रशोधित बेसार, ताजा तरकारी, पुष्प, प्रशोधित मह, अलैँची र अदुवामा पनि ५० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ । कार्यविधिको नयाँ व्यवस्थाले परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा दुग्धजन्य पदार्थ, फलफूल र अम्रिसो निर्यातमा पनि अनुदान दिने व्यवस्था गरेको छ ।
 
यस्ता वस्तुको निर्यात गरेमा कूल निर्यात मूल्यको पाँच प्रतिशत हुन आउने रकम अनुदान दिइने व्यवस्था रहेको छ । यी वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गरेमा थप एक प्रतिशत बराबर हुने आउने रकम अतिरिक्त अनुदान दिइनेछ । मूल्य अभिवृद्धि ३० प्रतिशत भएमा निर्यातमा अनुदान पाइने वस्तुको सङ्ख्या पनि १८ वटा छ । स्वदेशमा उत्पादित कपडा तथा तयारी पोशाक, गलैँचा तथा उनीका सामान, पश्मिना, जुट तथा जुटका उत्पादनहरु, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, उनीजन्य वस्तु, पोलिस्टररयार्नरफाइबर, तामाका सामान, जुत्ताचप्पल, क्लिंकर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउडको निर्यातमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ । यस्ता वस्तुमा  निर्यात मूल्यको चार प्रतिशतले हुन आउने रकम सरकारले अनुदान उपलब्ध गराउनेछ । यी वस्तुको निर्यातमा ७० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएमा थप एक प्रतिशत अतिरिक्त अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy