Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जनचाहनाअनुसार काम गर्न सकिएन: मुख्यमन्त्री राई

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएको छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेश सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसकेको स्वीकारे ।
 
मुख्यमन्त्री राईले  असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई अत्यन्त महत्व दिएको दाबी गर्दै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।
 
सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए। यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको स्पष्ट पारे।
 
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षा हुनुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकारहरू सञ्जीव खनाल, विक्रम लुइँटेल, तीर्थ सिग्देल, अविजाल विष्ट, विनोद घिमिरे, सन्तवीर लामा, एकवाल अहमद र नेपाल उद्योग परिसङ्घ प्रदेशका संयोजक भीम घिमिरेको उपस्थिति थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy