Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

खोटाङको बाक्सिला बजार आगलागी अपडेट: पाँच घर जलेर नष्ट, पाँच करोड क्षति

क्षतिपूर्तिको लागि सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने

खबरडबली संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । 

आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो । परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो । 

आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद रु एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।   

रमेशको तीनतले घर, घरमा भएको नगद रु एक लाख, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ७१ लाख नौ हजार बराबरको क्षति भएको छ । शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गर्नुभएको कपडा, किराना तथा पुस्तक पसल, नगद रु दुई लाख लगायतका सामग्री जलेर नष्ट हुँदा रु एक करोड २५ लाख क्षति भएको छ । 

सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । शुभराज भने घर भाडामा दिएर काठमाडौँमा बस्दै आउनुभएको स्थानीय बासिन्दाले बताएका छन् । अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु त्रीसाठी लाख क्षति भएका जनाइएको छ । सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको कांग्रेसले जनाएको छ । 

डिल्लीकुमारको तीनतले घर, नगद रु ५० हजार, भाँडा तथा कपडा पसल जल्दा रु एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद रु ४० हजार जल्दा रु २० लाख ४० हजार बराबरको क्षति भएको छ । 

बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । आगलागीमा ठूलो मात्रामा धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगाइएको प्रहरी प्रमुख प्रनाउ मुकारुङले जानकारी दिनुभयो । बाक्सिला बजारका आगलागी पीडितलाई तत्काल पुनः स्थापना गर्दै राहत प्रदान गर्ने गाउँपालिका कार्यपालिकाले निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई लागि क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

बाक्सिला बजारका आगलागी पीडित परिवार अहिले आफन्तका आश्रय लिएर बसिरहेका छन् । आगलागी पीडित परिवाराई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि विभिन्न निकायसँग पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE