Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

खोटाङको बाक्सिला बजार आगलागी अपडेट: पाँच घर जलेर नष्ट, पाँच करोड क्षति

क्षतिपूर्तिको लागि सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने

खबरडबली संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । 

आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो । परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो । 

आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद रु एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।   

रमेशको तीनतले घर, घरमा भएको नगद रु एक लाख, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ७१ लाख नौ हजार बराबरको क्षति भएको छ । शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गर्नुभएको कपडा, किराना तथा पुस्तक पसल, नगद रु दुई लाख लगायतका सामग्री जलेर नष्ट हुँदा रु एक करोड २५ लाख क्षति भएको छ । 

सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । शुभराज भने घर भाडामा दिएर काठमाडौँमा बस्दै आउनुभएको स्थानीय बासिन्दाले बताएका छन् । अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु त्रीसाठी लाख क्षति भएका जनाइएको छ । सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको कांग्रेसले जनाएको छ । 

डिल्लीकुमारको तीनतले घर, नगद रु ५० हजार, भाँडा तथा कपडा पसल जल्दा रु एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद रु ४० हजार जल्दा रु २० लाख ४० हजार बराबरको क्षति भएको छ । 

बाक्सिला बजारमा आगलागी हुनुको कारण अहिलेसम्म पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । आगलागीमा ठूलो मात्रामा धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगाइएको प्रहरी प्रमुख प्रनाउ मुकारुङले जानकारी दिनुभयो । बाक्सिला बजारका आगलागी पीडितलाई तत्काल पुनः स्थापना गर्दै राहत प्रदान गर्ने गाउँपालिका कार्यपालिकाले निर्णय गरेको छ । घटना लगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई लागि क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकार लगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

बाक्सिला बजारका आगलागी पीडित परिवार अहिले आफन्तका आश्रय लिएर बसिरहेका छन् । आगलागी पीडित परिवाराई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि विभिन्न निकायसँग पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending