Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उनीहरुको भनाइ छ । 

जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ, तर प्रकृति नरहे हामी रहन्नौँ’  नाराका साथ आयोजना गरेको उक्त सम्मेलनले ११बुदेँ घोषणापत्रसमेत सार्वजनिक गरेको छ । 

पर्यटकीयस्थल नागीथाम डाँडामा गरिएको सम्मेलनमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत पुनलाल चौरसिया, पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याललगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए । जारी गरिएको उक्त घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्सामा जथाभावी फोहर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधि सञ्चालन गर्ने तथा पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवा काट्न निषेध गरिने उल्लेख छ ।

सम्मेलनले गाउँपालिका क्षेत्रमा आउन सक्ने सम्भावित विपद् जोखिमको पूर्वमूल्याङ्कन गरी आवश्यक तयारीमा विशेष जोड दिने, विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहत, पुनःनर्माण तथा पुुनःस्थापनाका खातिर गाउँपालिकास्तरीय संयन्त्रलाई चुस्त दुरुस्त र स्रोतसाधान सम्पन्न बनाइने, गाउँपालिकाभित्र रहेका सामुदायिक तथा कबुलियती वनको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी  हरियाली प्रवद्र्धनमा जोड दिइनेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।

सम्मेलनले जलवायु परिवर्तनका कारण याङ्ग्री, लार्के र इन्द्रावती नदीमा आएको गेग्रानसहितको बाढी पहिराबाट विस्थापित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, कृषि, वन र पर्यटनलाई जलवायु अनुकूलन र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद प्रभावितका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न हामी सबै प्रतिबद्ध छौँ भन्ने सन्देश दिएको अध्यक्ष लामा बताउन्छन् । गाउँपालिकाका साथै लाङटाङ राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, आर्सो नेपाल र टिजिएच नेपालको साझा सहकार्यमा उक्त सम्मेलन भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE