Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

लेखनाथको संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव

खबरडबली संवाददाता

पोखरा । लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव गरिने भएको छ । 

महोत्सवको पूर्वसन्ध्यामा आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी १८ औँ संस्करणको लेखनाथ महोत्सव, २०७९ को तयारी पूरा भएको जानकारी दिएको हो । 

पोखरा–२७ तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुने उक्त महोत्सवको मुख्य उद्देश्य वित्तीय क्षेत्रको तरलतालाई चलायमान बनाउने, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवर्द्धन गर्नुका साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नु रहेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । 

साथै जातीय वेशभूषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गर्नु पनि रहेको पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको अर्को आकर्षण यस क्षेत्रका पर्यटकीयस्थल बेगनास तथा रुपातालका साथै यस वरपरका कोट, मठमन्दिर तथा हरियाली जङ्गलको साङ्केतिकरूपमा प्रतिबिम्वित हुने गरी प्रदर्शन गरिने जानकारी अध्यक्ष आत्रेयले दिए। 

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु दश करोडको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । महोत्सवस्थलमा तीन सय ३७ स्टल राखिने भएको छ । महोत्सवबाट करिब रु ९५ लाख आम्दानी, रु ८५ लाख खर्च र रु दश लाख मुनाफा हुने अनुमान आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घको छ । 

महोत्सवबाट हुने मुनाफाले प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग पहल गर्ने रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । 

महोत्सव सफलरूपमा सम्पन्न गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, ५१ सदस्यीय उपसमिति संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सल्लाहाकार समिति, एक सय ६० सदस्यीय कार्यसम्पादन समिति सदस्य र दुई हजार एक सय मूल समारोह समिति सदस्य गठन गरिएको जानकारी पनि उक्त अवसरमा दिइएको छ । 

महोत्सव अवलोकन गर्न विद्यार्थीलाई रु ५०, सर्वसाधारणका लागि रु ८० र कन्सर्ट टिकट रु एक सय ५० तोकिएको छ । महोत्सवमा पर्यटन प्रवर्द्धन र नयाँ उद्योगको प्रवर्द्धन गर्नका लागि आयोजकले निःशुल्क स्टलको व्यवस्था गरेको छ । महोत्सवमा रेष्टुराँ, हस्तकला, कृषि, अटो, रेडिमेड, वित्तीय संस्था, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए। कवि शिरोमणि लेखनाथको सम्मानमा सोमबार शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE