पोखरा । लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव गरिने भएको छ ।
महोत्सवको पूर्वसन्ध्यामा आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी १८ औँ संस्करणको लेखनाथ महोत्सव, २०७९ को तयारी पूरा भएको जानकारी दिएको हो ।
पोखरा–२७ तालचोकस्थित डाँडाकोनाकमा सञ्चालन हुने उक्त महोत्सवको मुख्य उद्देश्य वित्तीय क्षेत्रको तरलतालाई चलायमान बनाउने, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवर्द्धन गर्नुका साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नु रहेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।
साथै जातीय वेशभूषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गर्नु पनि रहेको पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको अर्को आकर्षण यस क्षेत्रका पर्यटकीयस्थल बेगनास तथा रुपातालका साथै यस वरपरका कोट, मठमन्दिर तथा हरियाली जङ्गलको साङ्केतिकरूपमा प्रतिबिम्वित हुने गरी प्रदर्शन गरिने जानकारी अध्यक्ष आत्रेयले दिए।
दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु दश करोडको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । महोत्सवस्थलमा तीन सय ३७ स्टल राखिने भएको छ । महोत्सवबाट करिब रु ९५ लाख आम्दानी, रु ८५ लाख खर्च र रु दश लाख मुनाफा हुने अनुमान आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घको छ ।
महोत्सवबाट हुने मुनाफाले प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग पहल गर्ने रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।
महोत्सव सफलरूपमा सम्पन्न गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, ५१ सदस्यीय उपसमिति संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सल्लाहाकार समिति, एक सय ६० सदस्यीय कार्यसम्पादन समिति सदस्य र दुई हजार एक सय मूल समारोह समिति सदस्य गठन गरिएको जानकारी पनि उक्त अवसरमा दिइएको छ ।
महोत्सव अवलोकन गर्न विद्यार्थीलाई रु ५०, सर्वसाधारणका लागि रु ८० र कन्सर्ट टिकट रु एक सय ५० तोकिएको छ । महोत्सवमा पर्यटन प्रवर्द्धन र नयाँ उद्योगको प्रवर्द्धन गर्नका लागि आयोजकले निःशुल्क स्टलको व्यवस्था गरेको छ । महोत्सवमा रेष्टुराँ, हस्तकला, कृषि, अटो, रेडिमेड, वित्तीय संस्था, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए। कवि शिरोमणि लेखनाथको सम्मानमा सोमबार शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: