Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

खबरडबली संवाददाता

चितवन । नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो ।
 
कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि उक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको छ ।
 
पौडेलका अनुसार आगामी साताबाट घर भत्काउन थालिने भएको छ । हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइँदैछ । उनले भने, “आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घरटहरा भत्काउन सुरु गर्छौ।”
 
सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको बताउनुभयो । सो सडक विस्तारको काम भइरहेको छ । 

प्रजिअ अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताए । उनले भने, “उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौँ ।” भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन् ।
 
घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे ४५ अंकले बढ्यो नेप्से

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति

उदयपुर । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षी...

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो

काठमाडौं । राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई ...

दलबिच कुरा नमिल्दा दोस्रो पटक प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक फेरि सरेको छ । ...

रेनु दाहालको नेतृत्वपछि भरतपुरमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघल...

अवैध लागूऔषधसहित चार जना नागढुङ्गाबाट पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएक...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको त...

कार्यदलमा अझै जुटेन सहमति, फेरी बैठक बस्ने

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबार...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies