Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

खोटाङको बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन सुरु

खबरडबली संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुरु गरिएको हो । 

बाक्सिला बजारमा मङ्गलबार सञ्चालन गरिएको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरिएको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए । “सङ्कलन भएको रकममध्ये रु दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको रु चार लाख ५२ हजार दुई सय ९५ रकम मङ्गलबार नै अग्निपीडित परिवारलाई वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही रु ५० हजार दुई सय ५५ का दरले राहत रकम वितरण गरिएको हो ।”

उता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पनि अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । रेडक्रसले घटनास्थल पुगेर छुट्टाछुट्टै एक÷एक थान त्रिपाल, दुई÷दुई थान कम्बल, एक÷एक थान म्याट्रेस, एक÷एक सेट भाडा, ३।५ मिटर सर्ट कपडा, एक÷एक थान साडी, सात÷सात मिटर प्रिन्ट कपडा, दुई÷दुई मिटर सादा कपडा, चार÷चार मिटर सट कपडा र एक÷एक सेट बकेट प्रदान गरेको हो । 

यस्तै, रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पीडित परिवारलाई एक÷एक थान सिरक प्रदान गरेको छ । रेडक्रसका तर्फबाट उपलब्ध गराइएका राहत सामग्री गाउँपालिका प्रमुख समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, गाउँपालिका उपप्रमुख गुरुराज राईले हस्तान्तरण गर्नुभएको हो । बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ एकद्वार प्रणालीमार्फत सहयोग सङ्कलन अभियान सुरु गरिएको छ । आगोले व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभी र स्काभेटर लगाएर भत्काइएको थियो ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गुरुङको घरबाट सुरु भएको आगोले एकापसमा जोडेर बनाइएका अन्य घर पनि जलाएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गा मोटोले बनेको परम्परागत घर रहेको बाक्सिला बजारमा विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार अहिले आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । 

विस्थापित परिवारको तत्काल पुनः स्थापना गर्ने र आवश्यक राहत उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको छ । घटनालगत्तै गाउँपालिकाका उपप्रमुख गुरुराज राईको अध्यक्षमा बसेको बैठकले आगलागी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार, प्रदेश सरकारलगायतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैबीच, प्रदेश नं १ सरकारले बाक्सिला बजारका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउने र कानूनबमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा भएको क्षतिको विवरण सङ्कलन गरेर सम्बन्धित ठाउँमा पठाइएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy