Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

खबरडबली संवाददाता

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् ।

निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् ।

उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक ९मार्केटिङ सेल्स डाइरेक्टर० रुपेश जोशीले नवनिर्मित विमानस्थल पूर्णरूपमा उडानयोग्य भएको बताउँदै आगामी जनवरी १ देखि यही विमानस्थलबाट उडान हुने जानकारी दिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले आगामी दिनमा हवाई उडान अझै बढी सुविधामय बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको रात्रि बिसाउनी पनि गर्ने बताउँदै उहाँले पोखराबाट भारतको वाराणसीलाई जोड्नका लागि सम्बन्धित ठाउँहरूमा पत्राचार गरिसकिएको जानकारी दिए । अनुमति पाएका अवस्थामा दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान गर्ने बुद्धको तयारी छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए। यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन ९एआइटी० मा प्रकाशन गरिनेछ ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ । 

उडान सञ्चालनकै तयारीस्वरूप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटान गर्न बाँकी काम तीव्ररूपमा भइरहेको जनाइएको छ ।

जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान ९हेलिकोप्टर र अल्ट्रालाइटबाहेक० पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारीस्वरूप विमान कम्पनीले परीक्षण उडान गरिसक्दा यतिखेर समग्र पोखरेली हर्षित छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउनुहुन्छ । “विमानस्थल पोखराको गौरव हो, यसलाई सुव्यवस्थित रूपमा सञ्चालन गरिनुपर्छ”, उनले भने, “आगामी जनवरी १ देखि विमानस्थल व्यस्तरूपमा चल्नुपर्दछ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधै पोखरा आउनसक्ने भएकाले यसको विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले रात्रिकालीन समयमा पनि उडान हुने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए ।

पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिने उहाँको भनाइ छ ।

पोखराबाट सिधै अन्तर्राष्ट्रिय सहरहरू जोडिनु यहाँका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराज भण्डारीले बताए । “अन्तर्राष्ट्रिय उडानसँगै यो विमानस्थल आन्तरिक उडानका लागि पनि हब बन्दछ”, उहाँले भन्नुभयो, “विमानस्थल १८ घण्टासम्म चल्न सक्ने विषय आएको छ, यसले यहाँको समग्र पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँछ ।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए । 

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखेले बताए ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गरको थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । 

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending