काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने राष्ट्रपतिले प्रतिबद्धता व्यक्त गरेका छन् ।
"हाम्रा सशस्त्र बलहरूको सशस्त्र बल र लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ । यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ त्यो वातावरण हामी निर्माण गर्नेछौं," पुटिनले आफ्नो देशका उच्च-पदाधिकारीहरूसँग गरेको बैठकमा भनेका छन् ।
"आज, हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको सम्पूर्ण दायरा कार्यान्वयन गर्नु हो," पुटिनले रुसी रक्षा मन्त्रालयको बोर्डको विस्तारित बैठकमा सो धारणा राखेका छन् ।
उनले सेनालाई आणविक लडाइँ तम्तयार अवस्थामा राख्न र थप सुधार गर्न आग्रह गरेका छन् । सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षित छ भन्ने मुख्य ग्यारेन्टी गर्नका निम्ति यो कदम आवश्यक रहेको पुटिनको धारणा छ।
रूसी नेताले नयाँ जिरकोन हाइपरसोनिक क्रूज मिसाइललाई जोड दिंदै जुन रूसी सेनाले जनवरीमा प्रयोग गर्न सक्षम हुने बताएका छन् ।
राष्ट्रपति पुटिनले जनवरीको शुरुमा एडमिरल गोर्शकोभ फ्रिगेटलाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसको बराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको बताएका छन् ।
उनले रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले सुसज्जित बनाउने थप प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति पुटिनले आधुनिक वायु सुरक्षाले ढाकिएको क्षेत्रमा सञ्चालित लडाकु र बमवर्षकहरूको सङ्ख्या बढाउने पनि उल्लेख गरेका छन् ।
बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै रक्षामन्त्री सर्गेई शोइगुले रुसी सशस्त्र सेनाको सङ्ख्या बढाएर ६ लाख ९५ हजार बढाएर १५ लाख पुर्याैउने प्रस्ताव समेत गरेका छन् ।
सोइगुले युक्रेनमा रहेका रुसी सैनिकहरूले त्यहाँ "पश्चिमका संयुक्त सेनाहरू" सँग लडिरहेको पनि बताए।
मन्त्री शोइगुले मस्कोले जारी आक्रमणको क्रममा आफ्ना सेनाहरूले कब्जा गरेको एजोभ सागरमा रहेका दुई युक्रेनी बन्दरगाह शहरहरू प्रयोग गर्ने योजना बनाएको पनि बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: