न्युयोर्क । संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो ।
देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ । अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन्। दशौँ हजार घर बिजुलीविहीन बनेका छन् । बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
न्युयोर्कका गर्भनर क्याथी होचुलले सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गर्दै सवारी साधन सञ्चालनमाथिको प्रतिबन्ध मङ्गलबार बिहानसम्म जारी रहने बताएकी छन् । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । मोटरकारहरू हिउँले पुरिएका छन् ।
राष्ट्रिय मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार बिहानसम्म व्यापक हिमपात हुने चेतावनी दिएका छन् । मोटरमा फेसकाहरूको उद्धार गर्न उद्धारकर्तालाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण न्युयोर्कमा दुई जनाले ज्यान गुमाएका तथा बफेलोमा १० जनाको मृत्यु भएको छ ।
गत शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो । ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका गत साताका भयानक दुर्घटना भनेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका थिए । अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: