न्युयोर्क । संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो ।
देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी साधन सञ्चालन गर्न कठिन भएको छ । अति चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छन्। दशौँ हजार घर बिजुलीविहीन बनेका छन् । बिजुली नभएपछि कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
न्युयोर्कका गर्भनर क्याथी होचुलले सवारी साधन नचलाउन सर्वसाधारणलाई आग्रह गर्दै सवारी साधन सञ्चालनमाथिको प्रतिबन्ध मङ्गलबार बिहानसम्म जारी रहने बताएकी छन् । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ । मोटरकारहरू हिउँले पुरिएका छन् ।
राष्ट्रिय मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबार बिहानसम्म व्यापक हिमपात हुने चेतावनी दिएका छन् । मोटरमा फेसकाहरूको उद्धार गर्न उद्धारकर्तालाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण न्युयोर्कमा दुई जनाले ज्यान गुमाएका तथा बफेलोमा १० जनाको मृत्यु भएको छ ।
गत शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो । ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका गत साताका भयानक दुर्घटना भनेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका थिए । अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १२:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...
फाल्गुन २० गते, २०८२ - १२:०७
ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...
फाल्गुन २० गते, २०८२ - १२:०१
तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...
फाल्गुन २० गते, २०८२ - ११:५६
काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...
फाल्गुन २० गते, २०८२ - ११:५२
कञ्चनपुर। बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरे...
फाल्गुन २० गते, २०८२ - ११:३३
बागलुङ। बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ क्षेत्र नं. २ अन्तर्गतको गलकोट...
फाल्गुन २० गते, २०८२ - ११:२९
काठमाडौं । गृह मन्त्रालय ले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार बिहान...
फाल्गुन २० गते, २०८२ - ११:२२
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसा...
फाल्गुन २० गते, २०८२ - ११:००
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...
फाल्गुन २० गते, २०८२ - १०:४९
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...



प्रतिकृया लेख्नुहोस्: