Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

खबरडबली संवाददाता

काठमाडौ । काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । 

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर०को तहमा बुझ्ने गरेका छन् ।

सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेलमार्ग । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणमा समेत सो परियोजनाका बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको छन् । ...

व्यवसायीलाई प्रधानमन्त्री कार्कीको आह्वान : डराउने होइन, आत्मविश्वासका साथ अघि बढौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्। शुक्रबार आयोजित राष्ट्रिय आर्थिक ...

मधेश प्रदेशसभामा सांसद रहबर अन्सारीले दले आफैंलाई मोसो

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले शुक्रबार प्रदेशसभाको बैठकमै आफैंलाई मोसो दलेका छन्। अन्सारीले सांसद र दल...

प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न पक्राउ

दमक। झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श...

७२ घण्टासम्म सप्तरीका सबै सीमानाका बन्द रहने

सप्तरी। भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्य...

नेपाल ट्रस्टको लिज सम्झौतामा हिनामिना : पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज सम्झौता प्रकरणमा हिनामिनासम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक...

बागलुङमा पिकअप दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङ। बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।  शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको...

आलमको निधनमा कांग्रेसले तीन दिनसम्म आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको सो पार्टीको आकस्मिक बैठकले शोक प्र...

जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार व्यक्ति खोटाङमा पक्राउ

खोटाङ। जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३...

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

वासिङ्टन। अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending