रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् ।
जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् ।
मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन् । लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम(पूर्व) मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ ।
बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले किसानलाई तीन दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो ।
तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताउनुभयो । उहाँका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ । यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने बताए । अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ । यो जुस एक लिटरमा तीन लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताउनुभयो ।
अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रङलगायत प्रयोग गरिएको उहाँको भनाइ छ । उनले भने, “स्क्वास र जुसलाई नौ महिनाको लेबलिङ गरिएको छ । जुसको २५ र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मूल्य पर्छ ।” तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उनको भनाइ छ ।
तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताए। यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सीप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उनले बताए ।
किसान रेखा गिरीले स्थानीयस्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग धेरै रहेको बताए। तालिमकै क्रममा तयार पारेको जुस गाउँघरमा धेरै गएको उनको भनाइ छ । अब भने गाउँघरमा खेर जाने सुन्तला सङ्कलन गरेर जुस बनाइ आम्दानी बढाउन सकिने उनको भनाइ छ । जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए । रुकुम९पूर्व० को एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।
उहाँकाअनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यसवर्ष जिल्लाभर नौ सय ७५ मेट्रिक टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: