Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएको छन् । 

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए । 

प्रधानमन्त्री दाहालले भने “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।”

उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री दाहालले भने, “सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।”

सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको थिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उनले बताए । 

उनले भने, “दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।” चेम्बरले सरकारलाई आठबुँदे सुझावसमेत दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE