Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

चितवनका दुईसय ६७ ग्राहक कालोसूचीमा

खबरडबली संवाददाता

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार उनीहरूबाट रु ७६ लाख ७५ हजार दुुई सय ८१ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४र०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्ति, यातायात, सिँचाइ एकरएक वटा ग्राहक कालोसूचीमा रहेका छन् । 

कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उहाँले बताउनुभयो । यस केन्द्रअन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट रु ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको रु १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सडक बत्तीको रु नौ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको रु एक करोड ५३ लाख ६२ हजार तीन सय ७८, गैरव्यावसायिक रु एक करोड २७ लाख छ हजार चार सय १९, औद्योगिक क्षेत्रको रु दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ बक्यौता रहेको छ । 

चालु आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट रु तीन करोड १२ लाख ९१ हजार चार सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये आठ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट रु दुई करोड ७७ लाख ८३ हजार दुई सय ३७ असुली गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...

विपी राजमार्ग बस दुर्घटना: मृतक सबैको पहिचान खुल्यो

बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending