काठमाडौ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नागरिकको अधिकार र मुलुकको समृद्धिका लागि नयाँ वैकल्पिक शक्तिहरूको एकताको सम्मेलन गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका डा नन्द काप्रीले बताए ।
उनका अनुसार स्थानीय तह निर्वाचन र गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै हालसम्म विभिन्न स्वतन्त्र तथा वैकल्पिक राजनीतिको पक्षमा रहेका व्यक्ति, समूह र अभियानहरूबीच प्रदेश, केन्द्र हुँदै देशका विभिन्न भागमा झण्डै ८२ वटा बैठक, छलफल र अन्तरक्रिया गर्दै एकताको सम्मेलन गर्ने निर्णय भएको हो ।
उक्त सम्मेलनमार्फत देशमा राजनीतिक शुद्धीकरण, सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रको खाकासहित सशक्त र वैकल्पिक शक्तिको घोषणा गरिने जनाइएको छ । मुलुकमा लामो राजनीतिक घटनाक्रम हेर्दा अझै पनि मुलुकमा सुशासन र समृद्धिको आकांक्षा अधुरै रहन गएको भन्दै वैकल्पिक शक्तिले त्यसको पक्षमा जनतालाई एकीकृत गर्ने दावी गरिएको छ ।
पछिल्लो निर्वाचनको मतपरिणामले पनि देशमा विकल्पसहितको परिवर्तन र नेतृत्व खोजिरहेको अनुभूति भएको तथा स्वतन्त्र उम्मेदवारले नेपालको राजनीतिमा देखाएको चासो र सहभागिताले देशमा परम्परागत विभिन्न वाद र दर्शनका नामका शक्तिबाट देशको परिवर्तन असम्भव रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचनको विश्लेषण गर्दै आमनागरिकको चाहना र अबको आवश्यकतालाई मध्यनजर गर्दै सबै स्वतन्त्र उम्मेदवार, वैकल्पिक शक्तिहरू, राष्ट्रवादीहरू र प्रगतिशील सोच राख्ने सम्पूर्ण व्यक्ति समूह र अभियान एक ठाउँमा उभिन आवश्यक रहेको ठहर गर्दै सम्मेलन गर्न लागिएको सम्मेलन मस्यौदा समितिका डा बलदेव अधिकारीले बताए ।
साथै, सम्मेलन सफल पार्नका लागि विभिन्न ११ वटा समिति तथा उपसमित गठन गरिएको सचिवालय तथा प्रचार समितिका डम्बर साहुले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - २०:३४
बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...
फाल्गुन १९ गते, २०८२ - २०:३०
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...
फाल्गुन १९ गते, २०८२ - २०:२६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...
फाल्गुन १९ गते, २०८२ - २०:२०
काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...
फाल्गुन १९ गते, २०८२ - १९:४६
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...
फाल्गुन १९ गते, २०८२ - १९:२०
इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...
फाल्गुन १९ गते, २०८२ - १९:१०
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...
फाल्गुन १९ गते, २०८२ - १९:०२
काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...
फाल्गुन १९ गते, २०८२ - १८:५४
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...



प्रतिकृया लेख्नुहोस्: