Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

दुई दशकमा करिब १७ सय पत्रकारको हत्या

खबरडबली संवाददाता

पेरिस । विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ ।
 
सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, “तथ्याङ्कका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना सङ्कलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको ती व्यक्तिहरूको अनुहार रहेको छ ।”

आरएसएफका आुसार इराक र सिरिया पत्रकारका रुपमा काम गर्नका लागि सबैभन्दा खतरनाक देश भएको र पछिल्लो २० वर्षमा कुल ५७८ जना पत्रकार मारिएका छन् । यो विश्वभर विगत दुई दशकमा मारिएका कूल पत्रकारको एक तिहाइभन्दा बढी हो ।
 
त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ । 

सिरियामा भएको युद्धका कारण यो दुई दशकभित्र पनि सन् २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए । त्यसैले यो बर्षलाई ‘सबैभन्दा अँध्यारो वर्ष’ का रूपमा हेर्ने गरिएको छ । सन् २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

यो रेकर्डको ‘क्रमिक गिरावट पछि र सन् २०१९पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो । 

तर सन् २०२२ मा युक्रेनमा भएको युद्धका कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । सन् २०२१ मा ५१ जना पत्रकारको हत्या भएकोमा यस वर्ष अहिलेसम्म ५८ जना पत्रकारको हत्या भएको छ । 

गत फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेयता आठ जना पत्रकारको हत्या भइसकेको छ । अघिल्लो १९ वर्षमा भएको कूल १२ पत्रकारको  हत्यासँग तुलना गर्दा यो अत्यधिक सङ्ख्या र जोखिमयुक्त बर्ष हो । 

विगत २० वर्षमा २५ जना पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चारमाध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो । 

“राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रूसमा प्रेस स्वतन्त्रतामाथि व्यवस्थित र घातक आक्रमणहरू भएका आरएसएफको हरेक बर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ । 

“यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश रहेको छ, अधिकारवादी समूहले भनेको छ । 

सन् २०१५ मा पेरिसबाट प्रकाशित हुने व्यङ्ग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण टर्की तेस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो भने फ्रान्स दोस्रो स्थानमा रहेको थियो ।

पत्रकारहरूले सशस्त्र द्वन्द्व भएका क्षेत्रहरूमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन् ।

आरएसएफको रिपोर्टमा भनिएको छ, “आधिकारिक रूपमा कुनै युद्ध नभएका देशहरू पत्रकारहरूका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशहरूको सूचीको शीर्षस्थानमा छन् । 

“वास्तवमा, विगत दुई दशकमा ‘युद्धग्रस्त क्षेत्र’ मा भन्दा शान्ति क्षेत्र भनिएका स्थानमा धेरै पत्रकारहरू मारिएका छन् । अधिकांश घटनाहरूमा उनीहरू सङ्गठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेका समय मारिएका देखिन्छ ।

अमेरिकी राज्यहरूमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ ।

आरएसएफले भनेको छ, “अमेरिका सञ्चारमाध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE