Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रधानमन्त्री प्रचण्डको घोषणा –निजगढ चाँडै बनाउँछौं

खबरडबली संवाददाता

'पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।'

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ।

आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुग्नुभएका प्रधानमन्त्रीले सो विमानस्थल समुद्घाटन गर्नुभएको हो। 

समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, 'पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।'

'आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ' उहाँले भन्नुभयो।

'सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु' प्रधानमन्त्रीले भन्नुभयो, 'यो तेस्रो अन्तरार्ष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेकाे छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।'

चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीले भन्नुभयो, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।'

अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गर्नुभएको थियो।

पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies