काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौंस्थित एक होटलमा छलफलका लागि भेला भएका थिए।
छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरिएको बताएका छन्। उनले विज्ञप्तिमा राप्रपाभित्रको आफ्नो पदबारे भने कुनै उल्लेख गरेका छैनन्।
राणाले देशलाई माया गर्ने, समृद्ध नेपाल निर्माणको चाहना राख्ने राष्ट्रवादी शक्तिहरू तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
विज्ञप्तिमा उनले विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल दिशा दिन प्रयास गरिएको भए पनि त्यो सफल हुन नसकेको उल्लेख गरेका छन्। उनका अनुसार पार्टीभित्र देखिएको विरोधाभास र सैद्धान्तिक अन्योलका कारण राप्रपा गलत दिशातर्फ उन्मुख भएको र त्यसको परिणामस्वरूप जनताबाट अस्वीकार भएको हो।
राणाले राप्रपामै रहने नेता–कार्यकर्ताहरूलाई शुभकामना व्यक्त गर्दै आफूहरूको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्। साथै, स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा राष्ट्रवादी मूल्य–मान्यताका आधारमा एकजुट भएर अघि बढ्न इच्छुक सबैलाई साथ दिन आग्रह गरेका छन्।
उनको यो घोषणालाई राप्रपाभित्रको असन्तुष्टि र नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ। यद्यपि, नयाँ अभियानको स्वरूप, संगठनात्मक संरचना वा नयाँ दल गठनसम्बन्धी विषयमा भने हालसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: