Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेप्से परिसूचकमा १७ दशमलव २६ अङ्कले उकालो

रासस
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ ।
 
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ ।
 
नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता शेयर रु चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए ।
 
साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार दुई सय ३२ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ८८ लाख एक हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १५ करोड ८० लाख ३१ हजार चार सय ५७, एनआइसी एशिया बैंक रु १० करोड तीन लाख ८३ हजार तीन सय ८७ र नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड २९ लाख ४८ हजार सात सय २५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
 
नेप्सेका अनुसार सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै अजोड इन्स्योरेन्स नौ दशमलव ९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
 
यस्तै, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ५७, नेपाल बैंकको ऋणपत्र तीन दशमलब ९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड तीन दशमलब ८४, मिथिला लघुवित्त तीन दशमलव ६९ र रिभर फल्स पावरका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् । ((
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending