Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भक्तपुरमा भरिभराउ पर्यटक

खबरडबली संवाददाता
भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् ।
 
अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् । बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको नगरकोटमा बाक्लो उपस्थिति थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जीर्ण अवस्थाका कारण पर्यटन व्यवसाय ओरालो लागे पनि नयाँ वर्षमा भने उमङ्ग थपेको पर्यटन तथा होटल व्यवसायी अशोक थापा बताउछन्  । 
 
नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालकसमेत रहनुभएका थापाले भने, “विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।” यहाँका सीमित होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनुपरेको व्यवसायी बताउँछन् । 
 
सामान्यदेखि चार स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि कोठा पाउन  मुस्किल परेको व्यवसायी थापा बताउछन्  । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित भएको उहाँ बताउछन्  । कोभिड–१९ को सङ्क्रमणले रित्तिएका यहाँका होटलमा नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउछन्  । 
 
“मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिँदैन कि भन्ने लागको थियो तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकको आगमन बढेपछि अब उत्साह थपिएको छ ।” 
उनी भन्छन्, “यसपालीको अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा धेरै आशा पलाएको छ ।” भूकम्पले भत्किएपछि पुनःनिर्माण गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारी नगरकोटका सञ्चालक बद्री माकले भूकम्प र कोरोनाले सङ्कटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले धानेको बताउछन्  । उनले होटल व्यवसायमा आन्तरिक पर्यटकको आगमनले विदेशी पर्यटकलाई भुलाइदिएको बताउछन्  ।
 
नगरकोटबाट फर्कंदै गर्नुभएका काठमाडौंँ, बानेश्वर निवासी पदमलाल श्रेष्ठले एक साता अगाडिदेखिनै होटलको रुम बुक गरेको बता । आफ्नो परिवार र आफन्त गरी ११ जना शनिबार साँझ आएर बसेको र नयाँ वर्षमा रमाउनुभएका उनले आन्तरिक पर्यटकको चाप बढेको देख्दा अचम्मित भएको सुनाउनुभयो । 
 
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताए । उनले भने, “एकसाता अगाडिदेखि होटल बुक भए, हिजो यहाँका होटल खचाखच थिए, कतिपयले कोठा नपाउने अवस्था आयो, घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।”
 
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउँदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताए । 
 
यस्तै पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँ वर्षको स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेँले बताए । 
 
समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरी तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताए । 
 
सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइँमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारीपछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए । 
 
अङ्ग्रेजी नयाँवर्षको घुइँचोले पर्यटन व्यवसायीमा  ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुन ःआशा पलाएको छ ।”
 
रानीकोटमा रु १६ करोडको लागतमा निर्माण भएको होटल भिलेज हाईल्याण्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेँ बताउनुहुन्छ । नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्यत्र पठाउनु परेको भन्दै उहाँले आगामी एकसातासम्मका लागि होटल आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रानीकोट नयाँ पर्यटकीय गन्तव्य बनेको हो, केही वर्षयता होटल व्यवसायीले करोडौँ लगानी गरिरहेका छन्, आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित छन् । 
 
मेरो होटलमा राति बस्न ६० जना र दिनमा पाँचसयसम्म रहने क्षमता रहेपनि नअटेर अरु होटलमा पठाउनुपर्छ ।” रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ नयाँ वर्ष मात्रै नभइ बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल पर्न थालेको बताउनुहुन्छ । आन्तरिक पर्यटकको आगमन बढ्दै गएपछि होटलको क्षमता पनि बढाउँदै लगेको बताउँदै उहाँले काठमाडौँको नजिक पर्यटकीय गन्तव्य भएकाले पनि स्वदेशी पर्यटकको आगमन बढेको उनी बताउछन्  । 
 
घ्याम्पेडाँडामा रु १९ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसाय चलेको बताउछन्  । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको उक्त होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको उहाँले बताउनुभयो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending