Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भक्तपुरमा भरिभराउ पर्यटक

खबरडबली संवाददाता
भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् ।
 
अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् । बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको नगरकोटमा बाक्लो उपस्थिति थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जीर्ण अवस्थाका कारण पर्यटन व्यवसाय ओरालो लागे पनि नयाँ वर्षमा भने उमङ्ग थपेको पर्यटन तथा होटल व्यवसायी अशोक थापा बताउछन्  । 
 
नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालकसमेत रहनुभएका थापाले भने, “विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।” यहाँका सीमित होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनुपरेको व्यवसायी बताउँछन् । 
 
सामान्यदेखि चार स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि कोठा पाउन  मुस्किल परेको व्यवसायी थापा बताउछन्  । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित भएको उहाँ बताउछन्  । कोभिड–१९ को सङ्क्रमणले रित्तिएका यहाँका होटलमा नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउछन्  । 
 
“मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिँदैन कि भन्ने लागको थियो तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकको आगमन बढेपछि अब उत्साह थपिएको छ ।” 
उनी भन्छन्, “यसपालीको अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा धेरै आशा पलाएको छ ।” भूकम्पले भत्किएपछि पुनःनिर्माण गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारी नगरकोटका सञ्चालक बद्री माकले भूकम्प र कोरोनाले सङ्कटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले धानेको बताउछन्  । उनले होटल व्यवसायमा आन्तरिक पर्यटकको आगमनले विदेशी पर्यटकलाई भुलाइदिएको बताउछन्  ।
 
नगरकोटबाट फर्कंदै गर्नुभएका काठमाडौंँ, बानेश्वर निवासी पदमलाल श्रेष्ठले एक साता अगाडिदेखिनै होटलको रुम बुक गरेको बता । आफ्नो परिवार र आफन्त गरी ११ जना शनिबार साँझ आएर बसेको र नयाँ वर्षमा रमाउनुभएका उनले आन्तरिक पर्यटकको चाप बढेको देख्दा अचम्मित भएको सुनाउनुभयो । 
 
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताए । उनले भने, “एकसाता अगाडिदेखि होटल बुक भए, हिजो यहाँका होटल खचाखच थिए, कतिपयले कोठा नपाउने अवस्था आयो, घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।”
 
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउँदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताए । 
 
यस्तै पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँ वर्षको स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेँले बताए । 
 
समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरी तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताए । 
 
सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइँमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारीपछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए । 
 
अङ्ग्रेजी नयाँवर्षको घुइँचोले पर्यटन व्यवसायीमा  ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुन ःआशा पलाएको छ ।”
 
रानीकोटमा रु १६ करोडको लागतमा निर्माण भएको होटल भिलेज हाईल्याण्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेँ बताउनुहुन्छ । नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्यत्र पठाउनु परेको भन्दै उहाँले आगामी एकसातासम्मका लागि होटल आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रानीकोट नयाँ पर्यटकीय गन्तव्य बनेको हो, केही वर्षयता होटल व्यवसायीले करोडौँ लगानी गरिरहेका छन्, आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित छन् । 
 
मेरो होटलमा राति बस्न ६० जना र दिनमा पाँचसयसम्म रहने क्षमता रहेपनि नअटेर अरु होटलमा पठाउनुपर्छ ।” रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ नयाँ वर्ष मात्रै नभइ बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल पर्न थालेको बताउनुहुन्छ । आन्तरिक पर्यटकको आगमन बढ्दै गएपछि होटलको क्षमता पनि बढाउँदै लगेको बताउँदै उहाँले काठमाडौँको नजिक पर्यटकीय गन्तव्य भएकाले पनि स्वदेशी पर्यटकको आगमन बढेको उनी बताउछन्  । 
 
घ्याम्पेडाँडामा रु १९ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसाय चलेको बताउछन्  । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको उक्त होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको उहाँले बताउनुभयो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE