नयाँ दिल्ली । अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो ।
प्रस्तावलाई ७२ देशले समर्थन गरेका छन् । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो । भारतले कोदोको महत्वलाई पहिचान गर्न र समुदायलाई पौष्टिक भोजन प्रदान गर्नुका साथै घरेलु र विश्वव्यापी माग सिर्जना गर्न जोड दिएको छ ।
–कोदोको महत्व र फाइदा–
उच्च प्रोटिन स्तर र अधिक सन्तुलित एमिनो एसिड प्रोफाइलको कारण कोदो गहुँ र चामलभन्दा पौष्टिक रूपमा उत्तम छ । कोदोमा विभिन्न ‘फाइटोकेमिकल्स’ पनि हुन्छन् जसले मानिसको ‘एन्टी–इन्फ्लेमेटरी’ र ‘एन्टी–अक्सिडेटिभ’ गुणहरूको कारण चिकित्सीय गुणहरू प्रयोग गर्दछ । यसबाहेक, कोदो भिन्नभिन्न हावापानीमा लगाउनसकिने हुँदा कोदोलाई विश्वभर उत्पादन गर्न सकिन्छ । कोदो कार्बोहाइड्रेट, प्रोटिन, आहारजन्य फाइबर र राम्रो गुणस्तरको चिल्लो पदार्थजस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हो । क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, म्याग्नीज, जिंक र बी कम्प्लेक्स भिटामिनजस्ता खनिजहरू यसमा पाइन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा, कोदो उत्पादनका लागि रासायनिक मलको प्रयोग आवश्यक पर्दैन ।
परम्परागत रूपमा कोदोको खपत गरिन्थ्यो, तर सन् १९६० को दशकमा हरित क्रान्तिमार्फत खाद्य सुरक्षालाई दिइएको धक्काका कारण कोदोको खपत कम भयो र लगभग बिर्सियो ।
भारतमा हरित क्रान्ति अघि, कोदोले सबै खेती गरिएको अन्नको लगभग ४० प्रतिशत हिस्सा ओगटेको थियो, जुन पछिल्ला वर्षहरूमा लगभग २० प्रतिशतमा झरेको छ । कोदोको खपत घटेको मात्र होइन, उत्पादन हुने क्षेत्रलाई व्यावसायिक बाली, तेलहन, दलहन र मकैले प्रतिस्थापन गरेको छ ।
भारतमा १७० लाख टनभन्दा बढी कोदो उत्पादन हुन्छ । यो एसियाको ८० प्रतिशत र विश्व उत्पादनको २० प्रतिशत हो । भारत सबै नौ सामान्य ज्ञात कोदोका प्रजाती उत्पादन गर्दछ र विश्वमा कोदोको सबैभन्दा ठूलो उत्पादक र पाँचौं सबैभन्दा ठूलो निर्यातक हो । भारतका अधिकांश राज्यहरूले एक वा एक भन्दा बढी कोदो बाली प्रजातिहरू उत्पादन गर्छन् । राजस्थान, उत्तर प्रदेश, हरियाणा, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु, आन्ध्र प्रदेश र तेलङ्गाना कोदो उत्पादनका लागि प्रमुख राज्यहरू हुन् ।
भारतले सन् २०२१/०२२ मा तीन करोड ४३ लाख २० हजार अमेरिकी डलर बराबरको कोदो निर्यात गरेको थियो । सन् २०२०/०२१ मा भारतले दुई करोड ६९ लाख ७० हजार अमेरिकी डलर बराबरको कोदो निर्यात गरेको थियो । यो निर्यात सन् २०१९/०२० मा दुई करोड ८५ लाख अमेरिकी डलर निर्यात गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, साउदी अरब, लिबिया, ओमान, इजिप्ट, ट्युनिसिया, यमन, बेलायत र अमेरिका भारतको प्रमुख कोदो निर्यात हुने देशहरू हुन् । इन्डोनेसिया, बेल्जियम, जापान, जर्मनी, मेक्सिको, इटाली, अमेरिका, बेलायत, ब्राजिल र नेदरल्याण्ड्स कोदो आयात गर्ने प्रमुख देशहरू हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...




प्रतिकृया लेख्नुहोस्: