Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बङ्गलादेशका प्रदर्शनकारी टेलिभिजन स्टेसनमा प्रवेश, पत्रकारहरू बर्खास्त

खबरडबली संवाददाता

ढाका । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ । 

विद्यार्थीहरूले अगस्ट क्रान्तिमा भाग लिएका थिए । उक्त क्रान्तिले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो । हसिनाको कार्यकाल मिडिया स्वतन्त्रताका लागि सबैभन्दा खराब अवधिको रूपमा चिनिन्थ्यो । भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाह डिसेम्बर १७ मा १५ देखि २० जना विद्यार्थीको नेतृत्व गर्दै सिटी ग्रुपको कार्यालयमा पुगेका थिए । सिटी ग्रुपले सोमोय टेलिभिजनमा लगानी गर्छ ।

“सोमोय टेलिभिजनले प्रचार प्रसार गरिरहेको थियो, मेरो टिप्पणीलाई घुमाउरो तुल्याइरहेको थियो र एक पतीत राजनीतिक पार्टीको विचारलाई समायोजन गरिरहेको थियो”, हसनतले भने, “हामी प्रेस स्वतन्त्रताका कट्टर समर्थक हौँ तर प्रेस निष्पक्ष रहनुपर्छ ।” उनले माग राख्नमा कुनै समस्या नदेखेको बताउँदै तर विद्यार्थीहरूले बर्खास्त गर्न चाहेकाहरूको सूची बुझाएको भन्ने खबरलाई अस्वीकार गरे । 

टेलिभिजन स्टेसनलाई वित्तपोषण गर्ने व्यापारिक समूहका प्रबन्ध निर्देशकले टिप्पणीका लागि बारम्बार अनुरोधमा कुनै जवाफ दिएनन् । यो घटनाले क्रान्तिपछि पत्रकारहरू माझ त्रास बढाएको छ । टेलिभिजन स्टेशनका वरिष्ठ सम्पादक ओमर फारुकले पाँच जनामध्ये आफू पनि बिना कारण बर्खास्तीको पत्र पाउनेमा परेको बताए । “टेलिभिजन प्रशासनले स्टेशनको बृहत्तर हितका लागि हामीमध्ये केहीलाई पद छोड्न अनुरोध गर्‍यो”, फारुकले भने, “हामीले निर्णयको व्याख्या माग्यौँ तर प्रशासनले कुनै व्याख्या दिन अस्वीकार गर्‍यो ।”

अन्तरिम नेता मुहम्मद युनुसले मिडिया स्वतन्त्रता चाहेको बारम्बार जोड दिएका छन् । युनुसका प्रेस सचिव शफिकुल आलमले यदि कसैले ‘कुनै कारबाही गर्छ भने जिम्मेवारी उनीहरूको हो’ भन्दै सरकारलाई टाढा राख्न खोजेका थिए । प्रेस वाचडगहरूका अनुसार धेरै पत्रकारले विगतका कामका लागि स्पष्ट प्रतिशोधमा प्रहरी अनुसन्धानको सामना गरिरहेका छन् । ती पत्रकारलाई आलोचकहरूले हसिना सत्तामा हुँदा उनको समर्थन गरेको मान्छन् । 

कम्तीमा चारजना पत्रकार जेलमा परेका छन् र देशभरि थुप्रै कानूनी मुद्दाहरूको सामना गरिरहेका छन् । हसिना र उनको सरकारले अखबार र टिभी च्यानलहरू बन्द गर्ने र पत्रकारहरूलाई कैद गर्ने लगायतका मुट्ठीभर स्वतन्त्र मिडिया आउटलेटहरूमा अनावश्यक दबाब दिएको आरोप लगाइएको थियो । 

हसिनाको सरकार ढलेपछि सोमोय टिभी लगायत केही टिभी च्यानलहरू उनको आवामी लिगप्रतिको कथित निष्ठाका कारण आक्रमणको शिकार भए । नोभेम्बरमा प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो बङ्गला भाषाको समाचारपत्र प्रथम आलोको कार्यालय घेराउ गरेका थिए र द डेली स्टारसहित यसलाई बन्द गर्ने धम्की दिएका थिए । 

बङ्गलादेशमा प्रेस स्वतन्त्रता लामो समयदेखि खतरामा छ । रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार बङ्गलादेश प्रेस स्वतन्त्रतामा १८० देशमध्ये १६५ औँ स्थानमा छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE