Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

छड्केमा गएका मन्त्री श्रेष्ठले भने: हामी हेरेर बस्दैनौँ, यातायात व्यवस्थामा सुधार हुन्छ

खबरडबली संवाददाता

काठमाडौँ,  उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् ।

मंगलबार एकान्तकुना र ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले कमजोरीहरूलाई सुधार गर्दै यातायात व्यवस्था सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री श्रेष्ठसँग मन्त्रालयका सचिव, प्रदेश यातायात मन्त्री र प्रदेशका यातायात सचिवसहित यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोली थियो । अचानक यातायात कार्यालयहरूको अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले तीन वटा कार्यालयहरूको अनुगमन गरेका छन् । पहिला एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ उपस्थित सेवाग्राहीसँग प्रतिक्रिया लिएका थिए । मन्त्री श्रेष्ठको सेवा कस्तो छ भन्ने प्रश्नमा सेवाग्राहीहरूले भने, ‘झन्झटिलो र ढिलासुस्तीले धेरै सास्ती भइरहेको छ ।’

सुशासन र चुस्त सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै श्रेष्ठले भने, 'संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं । कर्मचारी थप्न पर्ने ऐनअनुसार थपिन्छ । बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्छौं ।'

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending