काठमाडौँ । निर्वाचन खर्च नबुझाएको कारण ठुलो जरिवानाको घोषणा गरिएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् आयोगको निर्णय स्वेच्छाचारी र संविधान विपरीत रहेको भन्दै उनले ऐनसमेत संशोधनका लागि संवैधानिक इजलासमा रिट दर्ता गराएका हुन् ।
तोकिएको मितिभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही निर्णयविरुद्ध बालेन्द्रले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सर्वोच्चले पुस २० गतेका लागि पेसी तोकेको छ ।
काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालका अनुसार आयोगको एउटै निर्णयबाट देशभरका १ लाख २३ हजार व्यक्तिहरुलाई जरिवाना तिर्न भनेको र तीमध्ये काठमाडौं महानगरपालिकाका प्रमुख शाहसँगै अन्य जनप्रतिनिधिहरू पनि छन् ।
'निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर, उपमेयर, वडाध्यक्षसहित देशभरका १ लाख २३ हजार जनप्रतिनिधिहरुलाई जरिवाना तोकेको छ । यसमा कानुनी प्रक्रिया पूरा नभएको देखिन्छ,कानुनी आधार र प्रक्रिया संविधानसम्मत छैन भन्ने माग दाबीसहित हामीले रिट दायर गरेका हौं ।
उनले रिटमा भनेका छन्, ुम निवेदकले ३० दिने म्यादको अन्तिम दिनमा विदा परेमा त्यसको लगतै अड्डा खुलेको पहिलो दिनमा विवरण पेश गर्न सकिने कानूनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विवरण पेश गरेको थिएँ । आयोगले महानगरपालिकाको नगर प्रमुख पदको उमेदवारले गर्न पाउने खर्चको हद रु। ७,५०,०००।– निर्धारण गरेको भए पनि म निवेदकले भने जम्मा रु। ३,९४,४८९।– मात्र खर्च गरी सोको विवरण कानून बमोजिम पेश गरेको थिएँ ।'
यस्तै शाहले रिटमा अगाडि भनेका छन्, 'निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण पेश नगरेको भन्ने आधारमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिमको कारवाही गर्ने प्रयोजनको लागि भन्दै ०७९।४।३१ मा बैठक संख्या ९०/२०७९ बाट आयोगले स्पष्टीकरणको सूचना प्रकाशित गर्ने निर्णय गरेको रहेछ । आयोगले सो निर्णयको आधारमा सफाइ सहितको स्पष्टीकरण पेश गर्न भनी २०७९।५।१ मा ७ दिने सूचना गोरखापत्रमा प्रकाशन गरेको थियो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १४:०४
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकल...
जेष्ठ २९ गते, २०८३ - १३:५६
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा (विधायन ऐन, २०८१)’ मा सर्वसाधारणसमक्ष राय म...
जेष्ठ २९ गते, २०८३ - १३:३९
काठमाडौँ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएको छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनी...
जेष्ठ २९ गते, २०८३ - १३:१३
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीमाथ...
जेष्ठ २९ गते, २०८३ - १२:५३
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
जेष्ठ २९ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...
जेष्ठ २९ गते, २०८३ - १२:२०
काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...
जेष्ठ २९ गते, २०८३ - ११:५०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...
जेष्ठ २९ गते, २०८३ - ११:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...
जेष्ठ २९ गते, २०८३ - ११:२४
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...



प्रतिकृया लेख्नुहोस्: