‘हाम्रो पार्टी वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरूको पक्षमा काम गर्ने हिजो पनि गर्यौं र भोलि पनि गर्ने छौं। पोलिटब्युरोले सचिवालयलाई यस सम्बन्धमा आवश्यक निर्णय गर्न अनुमति प्रदान गरेको छ।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले वामपन्थी दलहरूको एकताका लागि प्रयास गर्ने भएको छ।
पोलिटब्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकले त्यसको जिम्मेवारी सचिवालयलाई दिइएको छ।
‘हाम्रो पार्टी वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरूको पक्षमा काम गर्ने हिजो पनि गर्यौं र भोलि पनि गर्ने छौं। पोलिटब्युरोले सचिवालयलाई यस सम्बन्धमा आवश्यक निर्णय गर्न अनुमति प्रदान गरेको छ। वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने काम अब केन्द्रीय सचिवालयले संयोजन गर्नेछ,’ उनले भने।
खतिवडाले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयले टुंगो लाउने जानकारी दिए। सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक भएकोले यस विषयमा पनि आवश्यक अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको उनको भनाइ छ।
‘सरकारको बारेमा बृहत् छलफल गरेका छौं। यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउँछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ साथै नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ,’ उनले भने ‘धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।’
प्रतिकृया लेख्नुहोस्: