Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

नारायणी किनारमा मह र तोरीको प्रवद्र्धन गर्न महोत्सव

खबरडबली संवाददाता

चितवन । ‘चितवन महोत्सव–२०७९’ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ । 

चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ । 

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठले  यसपटक महोत्सवमा मह र तोरीलाई विशेष प्रवद्र्धन गर्न लागिएको जानकारी दिए। 

चितवन महोत्सवको हरेक कार्यक्रममा स्थानीय कुनै विशेष उत्पादनलाई केन्द्रित गरेर प्रवद्र्धन गर्दै आइएको छ । यसपाली महोत्सवस्थलमा मौरीको प्रतिमासहित तोरी परिसरसमेत रहने र त्यस विषयमा विविध जानकारी दिइने जनाइएको छ । यसअघिका महोत्सवमा दूध, केरा, माछा, कुखुरापालन लगायतलाई विशेष प्रवद्र्धन गरिएको थियो ।

विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । उक्त समयमा तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित गर्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपरेको आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको चितवन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनको केन्द्रका रुपमा समेत परिचित छ । चितवनको कुखुरापालनले नेपालको मागको ६५ प्रतिशत आपूर्ति गर्ने गर्छ ।

यसपालीको महोत्वसमा जिल्लाको विविधतालाई समेटेर सुन्दर पार्कसमेत निर्माण गरिने आयोजकले जनाएको छ । महोत्सव संयोजक श्रेष्ठले महोत्सवले आर्थिक वृद्धि गर्नुभन्दा पनि कोभिड र त्यसपश्चात् विश्वपरिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साही भएका उद्यमी र आमनागरिकमा आर्थिक पुनरुत्थानका लागि नयाँ आशाको दियो बाल्ने विश्वास रहेको बताए । 

विभिन्न उत्पादनको छुट्टाछुट्टै परिसरसहित महोत्सवमा चार सय ५० कक्ष रहने र पुस २८ देखि भने जिल्लाको क्याम्पाचौरमा खाना महोत्सवसमेत थपिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । महोत्सव अवधिभर जिल्लाको सामाजिक आर्थिक विकासका सन्दर्भमा विज्ञको सहभागितामा दैनिकरुपमा सेमिनार गोष्ठीसमेत आयोजना गरिने जनाइएको छ ।

दश दिनसम्म चल्ने महोत्सवमा विविध खेलकुद कार्यक्रम, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा, कला, संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ । महोत्सवको टिकट शुल्क विद्यार्थीलाई रु ३० र अन्यलाई रु ६० तोकिएको छ । कूल रु २५ करोड कारोबार हुने अनुमान गरिएको महोत्सवको आम्दानी नारायणी नदी संरक्षण तथा वातावरण संरक्षणमा लगानी गरिने जनाइएको छ ।
 
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले असहजपूर्ण आर्थिक अवस्थाका बाबजुद यस्ता मेला महोत्सव आयोजना हुनु महत्वपूर्ण रहेको र जिल्लाको उत्पादन प्रवद्र्धनमा यस्ता कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। 

महासङ्घका व्यापार मेला प्रवद्र्धन समितिका अध्यक्ष नरेन्द्रकुमार खड्काले नेपालको मेला महोत्सव नियमितरुपमा सञ्चालनमा आएको भए पनि कानुनीरुपमा स्पष्ट नहुँदा केही समस्या रहेको बताए । उनले कानुन निर्माणका विषयमा महासङ्घले छलफल अघि बढाएको बताए।

चितवन महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधान र महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवलोकन गरी चितवनको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा योगदान गर्न अनुरोध गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE