Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नारायणी किनारमा मह र तोरीको प्रवद्र्धन गर्न महोत्सव

खबरडबली संवाददाता

चितवन । ‘चितवन महोत्सव–२०७९’ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ । 

चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ । 

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठले  यसपटक महोत्सवमा मह र तोरीलाई विशेष प्रवद्र्धन गर्न लागिएको जानकारी दिए। 

चितवन महोत्सवको हरेक कार्यक्रममा स्थानीय कुनै विशेष उत्पादनलाई केन्द्रित गरेर प्रवद्र्धन गर्दै आइएको छ । यसपाली महोत्सवस्थलमा मौरीको प्रतिमासहित तोरी परिसरसमेत रहने र त्यस विषयमा विविध जानकारी दिइने जनाइएको छ । यसअघिका महोत्सवमा दूध, केरा, माछा, कुखुरापालन लगायतलाई विशेष प्रवद्र्धन गरिएको थियो ।

विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । उक्त समयमा तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित गर्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपरेको आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको चितवन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनको केन्द्रका रुपमा समेत परिचित छ । चितवनको कुखुरापालनले नेपालको मागको ६५ प्रतिशत आपूर्ति गर्ने गर्छ ।

यसपालीको महोत्वसमा जिल्लाको विविधतालाई समेटेर सुन्दर पार्कसमेत निर्माण गरिने आयोजकले जनाएको छ । महोत्सव संयोजक श्रेष्ठले महोत्सवले आर्थिक वृद्धि गर्नुभन्दा पनि कोभिड र त्यसपश्चात् विश्वपरिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साही भएका उद्यमी र आमनागरिकमा आर्थिक पुनरुत्थानका लागि नयाँ आशाको दियो बाल्ने विश्वास रहेको बताए । 

विभिन्न उत्पादनको छुट्टाछुट्टै परिसरसहित महोत्सवमा चार सय ५० कक्ष रहने र पुस २८ देखि भने जिल्लाको क्याम्पाचौरमा खाना महोत्सवसमेत थपिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । महोत्सव अवधिभर जिल्लाको सामाजिक आर्थिक विकासका सन्दर्भमा विज्ञको सहभागितामा दैनिकरुपमा सेमिनार गोष्ठीसमेत आयोजना गरिने जनाइएको छ ।

दश दिनसम्म चल्ने महोत्सवमा विविध खेलकुद कार्यक्रम, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा, कला, संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ । महोत्सवको टिकट शुल्क विद्यार्थीलाई रु ३० र अन्यलाई रु ६० तोकिएको छ । कूल रु २५ करोड कारोबार हुने अनुमान गरिएको महोत्सवको आम्दानी नारायणी नदी संरक्षण तथा वातावरण संरक्षणमा लगानी गरिने जनाइएको छ ।
 
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले असहजपूर्ण आर्थिक अवस्थाका बाबजुद यस्ता मेला महोत्सव आयोजना हुनु महत्वपूर्ण रहेको र जिल्लाको उत्पादन प्रवद्र्धनमा यस्ता कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। 

महासङ्घका व्यापार मेला प्रवद्र्धन समितिका अध्यक्ष नरेन्द्रकुमार खड्काले नेपालको मेला महोत्सव नियमितरुपमा सञ्चालनमा आएको भए पनि कानुनीरुपमा स्पष्ट नहुँदा केही समस्या रहेको बताए । उनले कानुन निर्माणका विषयमा महासङ्घले छलफल अघि बढाएको बताए।

चितवन महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधान र महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवलोकन गरी चितवनको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा योगदान गर्न अनुरोध गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending