काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले जितेको छ ।
संविधान दिवस अवसर पारेर स्वर्णिम स्कुल डल्लुमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भ्याली भ्यु स्कुलले पुष्पसदन बोर्डिङ स्कुललाई ७५–६५ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।
भ्याली भ्यु स्कुलका खेलाडी गणेश बिष्टले फाइनल खेलमा एक्लैले ३९ स्कोर गर्दै 'म्यान अफ द म्याच'को ट्रफी हात पार्न सफल भए । भ्याली भ्यु स्कुलका बास्केटबल कोच अजित महर्जन र इची महर्जनले स्कुलमा बास्केटबलको नियमित प्रशिक्षणको व्यवस्था भएका कारण राम्रा खेलाडी उत्पादन भइरहेको र च्याम्पियनसिपको उपाधिसमेत जित्न सकिएको प्रतिक्रिया दिएका छन् ।
च्याम्पियनसिपमा दोस्रो स्थान पुष्पसदन बोर्डिङ स्कुल र तेस्रो स्थान स्वर्णिम स्कुलले हात पारेका छन् । कीर्तिपुर बास्केटबल एसोसियसनले हरेक वर्ष विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - २०:४२
काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...
पौष ४ गते, २०८१ - २०:२७
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...
पौष ४ गते, २०८१ - २०:००
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...
पौष ४ गते, २०८१ - १९:४४
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
प्रतिकृया लेख्नुहोस्: