Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

दाङमा माघीको रौनक बढ्यो

खबरडबली संवाददाता
दाङ । थारुहरुको पर्व माघी  नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन् । 
 
यसैबीच सदरमुकाम घोराहीमा शुक्रबारदेखि माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारी सभा दाङले गरेको दुईदिने महोत्सवको उद्घाटन अघि घोराहीमा थारु लोकसंस्कृति झल्किने वेशभूषामा सजिएर ¥याली निकालिएको थियो । सो ¥यालीले घोराही बजार परिक्रमा  गरेको थियो । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजन्हक खासा माघक शुभकामना बा’ भन्ने प्ले कार्ड बोकेका थारु युवायुवती ¥यालीमा देखिन्थे । महोत्सवको उद्घाटन  लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण विकासमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो । आयोजक संस्थाका संयोजक माधव चौधरीले महोत्सव अवधिमा मघौटा छोक्रा नृत्य, थारु भाषाका पुस्तक, थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिएको जानकारी दिनुभयो ।
 
त्यस्तै सो समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटालगायतका परिकारसमेत बिक्री वितरणका लागि राखिएको छ । 
 
यता तुलसीपुरमा पनि माघी मिलनको कार्यक्रम राख्ने तयारी गरिरहेको तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय मैतु चौधरीले बताउनुभयो । उहाँले माघ २५ गतेदेखि माघी विशेष कार्यक्रम राख्ने गरी तयारी गरेको बताउनुभयो । 
 
शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका थारु बस्तीमा पुग्दा माघीको तयारी तीव्र पारिएको देखिन्थ्यो । युवतीहरु माघीमा खाने रोटी तथा ढिक्रीको लागि पिठो तयारीमा व्यस्त देखिन्थे भने पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा रहेका भेटिन्थे । घरआँगन सरसफाइ, रङरोगन तथा लिपपोत गरी चिटिक्क देखिन्थे । त्यस्तै माघीमा प्रयोग गरिने भाँडाकुँडा सबै सफा गरिएकासमेत देखिन्थे । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारु बस्तीमा देखिएको हो ।
 
माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन दाङका अधिकांश थारु बस्ती सबैमा बढेको छ ।  केही महिला भने माघीको लागि आवश्यक पर्ने माछा मार्नेलगायतका काममा व्यस्त छन् । माघी आउनु अगाडि नै चाडको तयारीका काममा व्यस्त हुने तुलसीपुर उपमहानगरपालिका–६ रजौराका ६५ वर्षीया देशनी चौधरीले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “आफूहरुको संस्कृतिअनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी हुँदा गरिन्छ भने  माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका अन्य तयारी  दुई हप्ता अगाडिबाट नै सुरु गरिन्छ ।” 
 
आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी ४५ वर्षीया कृष्णी चौधरीले भन्नुभयो, “माघीका लागि आवश्यक पर्ने दुनाटपरी बनाउँदै गरेकी छु । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले आवश्यक परिकार बनाउन लागेकी हुँ ।” तुलसीपुर उपमहानरपालिका–६ को रजौरा बस्ती वडा नं १२ को कपडादेबिमा मात्र होइन यहाँका अन्य थारु बस्तीमा पनि  माघीको रौनक बढ्दै गएको छ । 
 
  तुलसीपुर  उपमहानगरपालिका–८ चन्द्रगञ्जकी  ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्थ्यो । आफ्ना बुहारीहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहनुभएकी मनराखीले माघीमा  विभिन्न प्रकारका खानेकुरा खानको लागि सालका पातको दुनाटपरी बनाउन लागेको बताउनुभयो ।
 
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१२ उरहरी की  २८ वर्षीया पूर्णिमा चौधरीले माघी नजिकिँदै गरेकाले तयारीमा लागेको बताउनुभयो । उहाँले भन्न्नुभयो, “माघीमा घरमा धेरै पाहुना आउनुहुन्छ । अचार धेरै चाहिने भएकाले अहिले नै मुलाको अचार बनाउन लागेको छु ।” उहाँले एक महिना अगाडिदेखि नै पात तथा दाउराका लागि वनमा जाने गरेको भए पनि माघीमा आवश्यक पर्ने अन्य परिकार बनाउन भने आफूले आजदेखि सुरु गर्ने बताउनुभयो ।
 
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिक्री ९पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्नेप्रचलन छ । यतिबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।
 
  माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला, नदी, तलाउ तथा पोखरीमा गई  नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन छ । थारुले माघीलाई पर्वको रुपमा मात्र होइन यसलाई नयाँ वर्षको रुपमा पनि मनाउने प्रचलन रहेको छ । 
 
  उनीहरुले वर्षभरि गरिने कामको योजना पनि बनाउने चलन छ । गाउँको अगुवादेखि चौकीदारसम्म चुन्ने, वर्षभरिका कामको लागि कस्लाई के जिम्मेवारी दिने पनि यसै बेलामा नै गर्ने गर्दछन् । घर छोडेर रोगजारीका लागि जिल्ला बाहिर बस्दै आएका थारु माघी मनाउनका लागि  आफ्नै घरमा आउने गर्दछन् भने यो चाडलाई उनीहरुले एक हप्तासम्म मनाउने गर्दछन् ।
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies