काठमाडौ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उहाँले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए।
“सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ । आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हो”, मन्त्री श्रेष्ठले भने, “नेपाली जनताको परिवर्तनको अनुभूति गर्नसक्ने गरी व्यक्तिको सामाजिक, आर्थिक रुपान्तरणको गुणात्मक बढाउनु सरकारको उद्देश्य रहेको छ ।” सबै सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै देखापरेका समस्या र कमजोरीलाई निराकरण गरेर समृद्धिको गुणात्मक दिशातिर जाने सङ्कल्प वर्तमान सरकारले गरेको पनि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्ट्याए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न, काउन्सिलले प्रदान गर्ने पत्रकारिता पुरस्कार समावेशीरूपमा वितरण गर्न र विविध भाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न काउन्सिल जिम्मेवार ढङ्गले लाग्ने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवाः पत्रकार दबुसँगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताए। उनले समावेशिताले राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राखे। नेपाली पत्रकारलाई सबभन्दा पहिले सङ्गठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उहाँले करिब १५ वर्षदेखिको अभियानका कारण नेपाल पत्रकार महासङ्घ समावेशी बन्दै गएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: