Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

खबरडबली संवाददाता

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेको हो ।

बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिनुहुन्छ उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । “अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ”, उहाँले गुनासो गर्दै भन्नुभयो, “किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।” बरई पुर्खाले नै गर्दै आएको तरकारी खेती अँगाल्न पुग्नुभएको हो ।

बुवाले गर्दै आएको तरकारी खेती आफूले पनि अँगालेको उहाँले बताउनुभयो । “म ४० वर्षको भएँ, यही तरकारी खेतीबाहेक दायाँबायाँ लागेको छैन”, उहाँले भन्नुभयो । पुर्खौँदेखि तरकारी खेती गरे पनि उहाँको जीवन भने फेरिएको छैन । घरको स्थिति विगतजस्तै छ । छोराछोरी सरकारी विद्यालयमा जसोतसो पढ्न पाएका छन् । “तरकारी खेती गरेर जीवन कहिले फेरिने हो, म त सपना देख्छु”, उहाँ भन्नुहुन्छ ।

अर्का किसान श्रीप्रसाद मौर्या पनि व्यावसायिक तरकारी खेती गर्न लागेको तीन दशक बढी भएको छ । पन्ध्र कठ्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आउनुभएको छ । बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन बरईको जस्तै छ । “वर्षभरि तरकारी खेती ग¥यो, आम्दानी सापोनापो उहीँ हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी फलायो फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन ।”

अहिले बजारमा पाइने सबैथरिका मौसमी तरकारी उहाँले उत्पादन गर्नुभएको छ । तर उहाँको मनमा खुसी भने छैन । भारतबाट चर्को मूल्यमा मल ल्याउनुपर्ने अवस्था भएको उहाँको गुनासो छ । जसोतसो उत्पादन गरेको तरकारी पनि बजारसम्म पु¥याउन निकै कठिन भएको उहाँ बताउनुहुन्छ ।

बरई र मौर्याका जस्तै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या हो । जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा मलखाद र बीउ नपाइनु, सिँचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा छन् । 

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नगरपालिका वडाको वडा नं ३, ४, ५, बुद्धभूमि नगरपालिकाको बुड्ढी, शिवराज नगरपालिकाको शिवपुर, चन्द्रौटा, बाणगङ्गा नगरपालिकाको मोतीपुरलगायतका स्थानमा व्यावसायिक तरकारी खेती हुँदै आएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै बिक्री हुने गरे पनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छन् । भारतीय सीमाबाट दैनिक भित्रने तरकारीले बजार ढाक्दा नेपाली किसान मर्कामा परेका हुन् । भारतको भन्दा नेपालको तरकारी महँगो हुने किसान बताउँछन् ।

“उत्पादन लागत बढ्दा स्वभाविक बेच्दा महँगो पर्छ, भारतबाट आउने तरकारी तुलनात्मकरूपमा सस्तो पर्छ, तौलिहवाका तरकारी किसान राम गुप्ता भन्नुहुन्छ”, “यसले गर्दा हामी मर्कामा छौँ ।” यहाँ सडकको राम्रो पहुँच नहुँदा पनि दक्षिणी भेगका किसान मर्कामा पर्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending