काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति निर्माण हुनु अपरिहार्य रहेको बताएको छन् । राष्ट्रिय सहमति बिना देशले सही मार्ग समात्न नसक्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएको हो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै अध्यक्ष लिङ्देनले परिवर्तन र विकासका लागि जनतामा तीव्र अभिलाषा रहेको उल्लेख गरे। “हामीले जनताको विशिष्ट चाहनालाई सम्बोधन गर्नै पर्छ,” उनले भने, “विगतको नेतृत्वमा रहेका कमजोरीका कारण जनताले नयाँ विकल्प रोजेका हुन् । समस्या केवल नेताहरूमा मात्र होइन, उनीहरूले ल्याएको वर्तमान संविधान र संवैधानिक व्यवस्थामा पनि छ ।” उनले यस व्यवस्थामा रहेका त्रुटिहरू सुधार र परिवर्तन नगरेसम्म तथा राष्ट्रिय सहमति कायम नगरेसम्म मुलुक अघि बढ्न नसक्ने जिकिर गरे।
यो राजनीतिक सुधार र परिवर्तनको ऐतिहासिक जिम्मेवारी तथा चुनौती रास्वपाको यस महाधिवेशनमाथि आइपुगेको उहाँले औँल्याए। रास्वपा नेतृत्व र प्रतिनिधिहरूलाई सचेत गराउँदै उनले भने, “इतिहासले तपाईँहरूलाई एउटा दुर्लभ अवसर प्रदान गरेको छ । दल र व्यक्तिको जीवनमा यस्तो अवसर सधैँ आउँदैन । यदि यो अवसर चुकाउनुभयो भने त्यो धोका तपाईँको पार्टी र नेतृत्वलाई मात्र हुने छैन, बरू सिङ्गो देश र आशावादी जनताप्रति ठुलो अन्यौैल हुने छ ।”
उनले रास्वपाको प्रथम महाधिवेशनले मुलुकलाई सही दिशा दिने नीतिगत निर्णय गर्न सकोस् भन्दै सफलताको सुखद् शुभकामना समेत व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: