Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बागलुङमा दोब्बर मूल्य पार्न सुन्तलाको भण्डारण

खबरडबली संवाददाता

बागलुङ । यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राखेको छन् । 

सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस वर्ष रु तीन करोड सुन्तला उत्पादन भएको । सिगानामा उत्पादन भएको सुन्तलामध्ये १८ टन सुन्तला विद्युतीय शीत भण्डारण गहृमा राखिएको छ भने आठ टन सुन्तला प्राकृतिक शीत भण्डारण गृहमा राखिएको छ । 

सिगानामा अहिले विद्युतीय र प्राकृतिक गरी तीनवटा शीत भण्डारण गृह रहेका छन् । पुसको अन्तिममा राखिएका सुन्तला फागुन–चैतमा दोब्बर मूल्य पार्नका लागि सुरक्षित भण्डारण गरिएको सुन्तला किसान रामबहादुर खड्काले बताए । उनले भने ,“अहिले सिगानाका सुन्तला होलसेल मूल्य प्रतिकेजी रु ६० मा बिक्री हुन्छ, शीत भण्डारण गृहमा राखिएका सुन्तला फागुनमा मात्रै बिक्री गरिन्छ, त्यस समयमा प्रतिकेजी रु एक सय ५० होलसेल र एक सय ८० खुद्रा मूल्यमा बिक्री हुन्छ ।”

मौसमअनुसार कृषि उपज उत्पादन गर्ने कृषकले बजार मूल्य नपाउँदा यहाँका किसानहरुले शीत भण्डारणमा राखेका सुन्तला बेमौसममा बिक्री गर्ने गरिएका छन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । पाँच वर्षदेखि परम्परागत शीत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्रीवितरण गर्दै आएको सुन्तला किसान टोपबहादुर खड्काले बताउनुभयो । “शीत भण्डारण गृहको छेउमा पानीको सिँचाइ गरिन्छ, र बीचमा सुन्तला राखिन्छ, सुन्तलाको तापक्रम समय–समयमा परीक्षण गरिन्छ”, खड्काले भने, “अहिले सुन्तलाको खासै राम्रो मूल्य छैन, भण्डारण गृहमा राखिएका सुन्तलाको दोब्बर मूल्य पर्दछ ।” 

सुन्तलाको याममा सुन्तलाको मूल्यमा तीव्र प्रतिस्पर्धा हुने भएकाले बेमौसममा सुन्तलाको मूल्य बढी पार्नका लागि शीत भण्डारण गृह उपयोगी देखिएको सिगानाका किसानहरुले बताएका छन् । सुन्तलाको सुरक्षित भण्डारणका लागि गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युतीयबाट चल्ने सुन्तला चिस्यान केन्द्र ९कोल्ड रुम० निर्माण गरेपछि चार वर्षअघि निर्माण गरेको हो । गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेको थियो ।

यस्तै तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना ९प्याक्ट० कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको परम्परागत भण्डारणगृहमा अहिले सुन्तला राखिएको हो । यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने गर्दछ । परम्परागत चिस्यान केन्द्र शीत भण्डारण गृहमा माटो, बालुवा तथा गिट्टीको सम्मिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारण गृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने सुन्तला किसान लोकबहादुर थापाले बताए । 

यस्तै सुन्तलाको राम्रो उत्पादन हुने बिहुँमा समेत गत वर्षदेखि विद्युतीय भण्डारण गृह निर्माण गरेर महङ्गो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् ।  सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको यस वर्ष बागलुङमा २४ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्

काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् ।  संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...

दाङमा दिउँसोसम्म २८.७२ प्रतिशत मतदान

दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...

स्याङ्जामा अवरुद्ध भएको मतदान सुरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...

सुदूरपश्चिममा खस्यो ३० प्रतिशत मत

कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...

बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान

बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए । कारागारमा १ सय ४५ पुरुष र १...

दोलखामा हराएका सबै मतपत्र भेटिएनन्, अझै सुरु हुन सकेन मतदान

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थ...

बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो

बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...

स्याङ्जामा मतपत्रमा हस्ताक्षर नहुँदा मतदान रोकियो

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE